नयाँ भेरियन्ट देखिएपछि अफ्रिकाले विदेशीहरुलाई प्रतिबन्ध लगायो

77

एजेन्सी । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण जोखिम बढेपछि इजरायलले विदेशीहरुको प्रवेशमा रोक लगाएको छ । स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार संस्थाले प्रकाशित गरेका खबर अनुसार इजरायलले १४ दिनका लागि आफ्नो देशमा विदेशीहरुको प्रवेशमा प्रतिबन्ध लगाएको हो ।

यस्तै दक्षिण अफ्रिकामा देखिएर विभिन्न देशमा फैलिएको ओमिक्रोन भेरियन्टको संक्रमण नियन्त्रणका लागि निगरानी समेत बढाएको छ । आइतबार मध्यरातदेखि प्रतिबन्ध लागू हुने र त्यसअघि प्रतिबन्ध सम्बन्धी निर्णयलाई मन्त्रिपरिषदले पारित गर्ने छ ।इजरायलमा अहिलेसम्म कोरोना भाइरसको ओमिक्रोन भेरियन्टबाट संक्रमित भएका एकजनाको पहिचान भएको छ।ओमिक्रोनको संक्रमण जोखिम बढेसँगै विभिन्न देशले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here