काठमाडौं । बूढीगण्डकी जलविद्युत् आयोजना आफै अर्थमन्त्री काम थाल्ने अर्थमन्त्री जनार्दन शर्माले जनाएका छन्। त्रिपुरासुन्दरी मेलामा सोमबार आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भने, ‘बूढीगण्डकी बनाउने हो।’
त्रिपुरासुन्दरीको न्वागी मेला स्थल जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो। यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्ने जनाए ।
विकासका लागि जनताले साथ दिनुपर्ने जनाउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत जनाए ।
















