निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान

300

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहीबार सूचना जारी गर्दै निर्वाचन प्रयोजनका लागि पुस १० गतेभित्र आयोगमा निवेदन दिएर दल दर्ता गर्न भनेको छ। राष्ट्रिय सभाका २० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ ।

रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। उक्त व्यवस्था अनुसार आयोगले आगामी माघ १२ गते निर्वाचन गर्ने तयारी गरेको छ। अगामी फागुन २१ गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन सदस्यको कार्यकाल समाप्त हुनेछ। गोला प्रथाद्वारा चारवर्षे पदावधि कायम भएका सदस्यको पदावधि सकिन लागेको हो। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here