राजधानीमा “नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”को पर्चा बितरण तथा मौन प्रदर्शन

166

काठमाण्डौ । “नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”ले राजाधानीका विभिन्न शहरमा पर्चा बितरण र मौन प्रदर्शन कार्यक्रम गरेको छ ।

गत हप्ता राजधानीमा एक विशेष कार्यक्रमका बिच शुभारम्भ गरिएको “नेपाली संस्कृति बचाऔ राष्ट्रिय महाअभियान”ले शुक्रवार राजधानीका विभिन्न स्थानहरु पुतलिसडक, बागबजार, डिल्लिबजार, धोविधारा लगायतका क्षेत्रमा अपिल बितरणसंगै मौन प्रदर्शन गरेको छ ।

पहिलो चरण अन्तर्गत उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल बितरण गर्ने, निर्धारित कार्यक्रम अनुसारकै निरन्तरता रहेको महाअभियानका संयोजक मोहन निरौलाले बताए ।

अपिल बितरण तथा मौन प्रदर्शनमा नेपाली चलचित्र क्षेत्रका विभिन्न बिधामा कार्यरत ब्यक्तित्व तथा सामाजिक क्षेत्रमा कार्यरत उल्लेख्य ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

दोस्रो चरण अन्तर्गत सरकारी निकाय, विभिन्न राजनितिक दल, संस्कृतिकबिदहरुलाई भेटी महाअभियानको बारे जानकारी एवं अभियानको प्रतिक तस्वीर हस्तान्तरण गर्ने कार्यक्रम रहेको अभियानका सदस्य ठण्ड बहादुर अधिकारीले जानकारी दिनुभयो ।

“नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान”को संयोजकमा मोहन निरौला रहेका छन् भने सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली, ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल र विश्वमणी घिमिरे सदस्यमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here