योमरी पुन्हीको यसरी मनाउँदै

339

काठमाडौं । नयाँ धान भित्र्याएको खुसीयालीमा नेवार समुदायले आइतबार योमरी पूर्णिमा (योमरी पुन्ही) पर्व मनाउँदैछन्।

यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ। तर नेपालभाषी समुदायमा यस दिन योमरी (चामलको पीठोबाट बनाइएको र भित्र चाकु तथा तिल राखेर विशेष प्रकारले बफाइएको रोटी) पकाएर खाने भएकाले अरु पूर्णिमामध्ये यो महत्वपूर्ण मानिन्छ।

यस पूर्णिमालाई नेपालभाषामा थिल्ला पुन्ही पनि भनिन्छ। यस दिन चामलको पीठो र चाकु तथा तिलको मिश्रण राखिएको विशेष प्रकारको योमरी खाने भएकोले योमरी पुन्हीले बढी चर्चित छ।  भोलि मनाइने योमरी पुन्हीका लागि नेवार समुदायले  आजैदेखि तयारी थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here