राष्ट्रियसभा बैठक स्थगित

62

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय ललित आयोगको आर्थिक वर्ष २०७६/०७७  र आव २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची थियो ।

बैठक सुरु हुने वित्तिकै एमालेका सांसद देवेन्द्र दाहालले आफूहरूको माग सम्बोधन नभएकाले राष्ट्रियसभाको बैठक अगाडि बढ्न नसक्ने बताए । उनले १०औँ बैठकदेखि नै आफूहरूले उठाएको माग सम्बोधन हुन नसकेका कारण सहज रूपमा बैठक अगाडि बढाउन नदिने जनाए ।

प्रतिनिधिसभाका सभामुखले आफूहरूले कारबाही गरेका सांसदका सम्बन्धमा कुनै पनि निर्णय नगरेका कारण बैठक अगाडि बढ्नुको अर्थ नभएको तर्क उनले गरे ।

एमालेलेका सांसदले उभिएर विरोध गरेपछि सभाध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आशन ग्रहण गर्न पटक पटक आग्रह गरेका थिए । त्यसपछि राष्ट्रियसभाको अर्को बैठक अर्को सूचना जारी नहुँदासम्म स्थगित भएको तिमिल्सनाले जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here