चिलीमा ३५ वर्षमा सबैभन्दा कान्छो राष्ट्रपति बने बोरिक

233

एजेन्सी । चिलीमा ३५ वर्षीय ग्राबिएल बोरिक राष्ट्रपतिमा निर्वाचित भएका छन्। सरकार विरोधी आन्दोलनको नेतृत्व गरेका बोरिकले कन्सर्भेटिभ नेता जोस एन्टोनियो कास्टलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन्।  बोरिक ५६ प्रतिशत मत प्राप्त गर्दै सबैभन्दा कान्छो उमेरमा चिलीको राष्ट्रपति भएको स्थानीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

बोरिकले अर्को वर्षको मार्चदेखि राष्ट्रपति पद सम्हाल्नेछन्। त्यसबेलासम्म वर्तमान राष्ट्रपति सेबास्टियन पिनेराले संक्रमणकालिन सरकारको नेतृत्व गर्नेछन्। पिनेराले राष्ट्रपति निर्वाचित बोरिकलाई तीन महिनाको आफ्नो सरकारलाई सहयोग गर्न फोन गरेर आग्रह पनि गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here