विवेकशीलकी नेतृ दर्शनाले पार्टी परित्याग

53

काठमाडौं । विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शनाले पार्टी परित्यागको घोषणा गरेकी छन् । बिहीबार एक विज्ञप्तिमार्फत दर्शनाले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको र पौष ८ गतेबाट अर्को निर्णय नलिएसम्म स्वतन्त्र नागरिकको भूमिकामा रहने स्पष्ट गरेकी हुन् ।

विज्ञप्तिमा उनले भनेकी छन्, ‘म आफूले लिएको सम्पूर्ण जिम्मेवारी र हरेक पदबाट साधारण सदस्य समेत नरहने गरी विवेकशील साझा पार्टीसँगको संलग्नताबाट आफूलाई स्वतन्त्र पार्दछु । पुस ८ गतेबाट अन्य कुनै राजनीतिक निर्णय नलिएसम्म एक सचेत स्वतन्त्र नागरिकको भूमिकामा मात्रै राजनीतिक रुपमा सक्रिय रहनेछु ।’

उनले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओडेर नेतृत्वले पार्टीमा फोहोर गरिरहेको आरोप लगाएकी छन् । विज्ञप्तिमा भनिएको छ, ‘म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर प्रवेश गरेकी व्यक्ति हुँ । अहिले म संलग्न पार्टीले संघीय गणतान्त्रिक नेपालमा वैकल्पिक राजनीतिको खोल ओढेर अत्यधिक फोहोर गरिरहेको छ । जुन मैले सफा गर्ने कोशिश गरेँ तर पूर्णरुपले सफा गर्न असमर्थ रहेँ’, ‘तसर्थ म यही संगठनमा बसेर नेपाली राजनीतिमा थप फोहोर बढाउन सक्दिनँ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here