एक तोला सुन विजेतालाई हस्तान्तरण

89

काठमाडौं । भुक्तानी प्रणाली फोन पे ले “क्यूआरको गुण एक तोला सुन’’ कार्यक्रमका विजेतालाई सुन हस्तान्तरण गरेको छ । फोन पेले आफनो प्रयोगकर्ता ग्राहकहरुको लागि “क्यू .आर. को गुण एक तोला सुन कार्यक्रम अन्तर्गत सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल विजेतालाई सुन हस्तान्तरण गरेको हो ।

कार्यक्रममा सहभागी भई १ तोला सुन प्राप्त गर्न सफल वेष्ट फाईनान्सका निक्षेपकर्ता संजय कुमार सिंहलाई फाइनान्सका प्रमुख कार्यकारी अधिकृत उमेश सिंह भण्डारीले १ तोला सुन उपहार हस्तान्तरण गरेका हुन् ।

उक्त कार्यक्रममा उपहार प्राप्त गर्न सफल संजय कुमार सिंहले आफुले वेष्ट फाईनान्स कम्पनी लि.मा खाता संचालन गर्दा कम्पनीले उपलव्ध गराएको सुविधा अन्तर्गत क्यू .आर. प्रविधिको प्रयोग गर्दा सुन उपहार पाएकोमा ज्यादै हर्षित हुदै अन्य ग्राहकहरुलाई पनि यो प्रविधि प्रयोग गर्न पे्ररणा दिने बताए ।

नेपालभर १४ वटा शाखा रहेको यस वेष्ट फाईनान्स कम्पनीले हाल ग्राहकको सुविधा अन्र्तगत विभिन्न डिजीटल बैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here