‘अनलाईन’मा रोमाण्टिक मुडमा देखिए  प्रबेश र श्रीजना ( भिडियो )

262

काठमाडाैं । युवापुस्ताले सामाजिक संजाल मार्फत व्यक्त गर्ने प्रेम र भावनालाई समेटेर तयार पारिएको बिल्कुलै नयाँ म्युजिक भिडियो सार्वजनिक ‘अनलाईन’ भएको छ।  यस गीतमा स्वर अमेरिकामा बस्दै आएका प्रतिभाशाली युवा गायक प्रबेश राईको रहेको छ।

गीतमा शब्द संगीत समेत गायक राईको नै रहेको छ।  गीतलाई जीआर उप्रेतीले  संगीत संयोजन गरेका हुन्। अनलाईनमा भएकी प्रेमिकाले नबोल्दा प्रेमीको मनमा आएको छटपटी र दुखेसोलाई भिडियोलाई देखाइएको छ। अमेरिकामा नै छायाँकन भएको भिडियोलाई भिम लामिछानेले छायाँकन गरेका हुन् भने राजेश शाहले सम्पादन गरेका हुन्।

म्युजिक भिडियोमा गायक प्रबेश राई, श्रीजना  भुजेल र बादल मगरको अभिनय रहेको छ।   प्रबेश, प्रज्वल र सागरको परिकल्पनामा तयार पारिएको भिडियोलाई ‘ओएसआर डिजिटल’को आधिकारिक च्यानल मार्फत सार्वजनिक गरिएको हो। आफ्नो पहिलो प्रयासलाई हेरेर सुनेर प्रतिक्रिया दिन गायक राईले सबैलाई आग्रह गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here