स्वभिमान नझुकाई ढलेको त्रिविविको पूर्वेली खम्बा !

471

–जगदीशराज बराल

(क) अविश्वासिलो –अपत्यारिलो खवर :
पूष १० गते शनिबार बिहानको ७ बजे बिराटनगरबाट फोन आयो । तर ,अपत्यारिलो–दुःखद खवरले स्तब्ध बनायो । हामी परिवारका सवैको मन विचलित भयो । एकान्नब्बे वर्षको उमेरमा गोविन्द सर बिहान पाँच बजे देहाबशन हुनुभएछ भन्दै हामी बस्ने घरको दुई छिमेकी घरमा बस्ने उहाँका विधार्थी भएकाले खवर गरेँ । उहाँहरुमा पनि पीर थपियो । विश्ह्वास–पत्यार लागेको थिएन ।

(तस्वीर : सामाजिक सञ्जालबाट श्रद्धान्जली अर्पण गर्ने पुस्तिका नजिक झुण्डाइएको गोविन्द सरको)
फोन आएको आधाघण्टा पछि विराटनगरका छिमेकी तथा मकालु टेलिभिजनका कर्मचारी पूर्षोतम चालिसेले सामाजिक सञ्जालमा यसबारे पोष्ट गर्नु भयो । त्यस पछि लोकसेवा आयोगका मा.पूर्व सदस्य–राजनीति शास्त्रका प्राध्यापक तथा राजनीतिक विश्लेशक कृष्ण पोखरेल;त्रिविविका अर्थशास्त्रका प्राध्यापक भरत पोखरेल; विराटनगर १० नं.का वडाध्यक्ष माधव वाग्ले;नेपाल सरकारका पूर्व उपसचिव हरिनारायण निरौला ;तीनटोलीया समाज र महेन्द्र मोरङ्ग आदर्श बहुमुखी केन्द्रीय क्याम्पसका व्यवस्थापन तर्फका २०३५का सम्पूर्ण बिधार्थीको तर्फबाट सुरेश अग्रबाल सहितले श्रद्धान्जली अर्पण गरिएका तस्वीरहरु सहितका पोष्टहरुले वाल भरिएपछि मात्र विश्वास लाग्यो । त्यसपछि उहाँका स्मृतिहरु मनमा खेल्न थाले ः
(ख) पुरै टोल बासिको अभिभावक ः–
सुशराली लैनचौरका पौडेलहरु हुन भन्ने थाहा भएपनि रुपन्देहीको भैरहवाबाट कहिले विराटनगर आउनु भयो हामीलाई थाहा नभएपनि हामीले भन्दा धेरै अघि तीनटोलीया विराटनगर हाल वडा नं.१० साविक १३ मा घर बनाएर बस्नु भएको थियो । उहाँ हाम्रो परिवारको दुखमा मात्र होइन टोल बासीको समश्यामा आफुले सकेको सहयोग गर्नु हुन्थ्यो । आफ्नो थोरै सुखपनि अरुलाई बाड्न खोज्नु हुँन्थ्यो । उहाँ तीनटोलीयाको अभिभावक हुनुहुन्थ्यो । अर्थ शास्त्र पढाउनु हुने घिमिरे थरको उहालेँ गोविन्द प्रसाद उपाध्याय लेख्ने गरेपनि विराटनगर मात्र हैन साविकका्े पूर्वाञ्चलमा गोविन्द सरको नामले परिचित हुनुहुन्थ्यो ।

(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)


(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)

(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)

(ग) मोरङ्गमा नयाँ शिक्षा प्रणालीको शुरुवात :–
नयाँ शिक्षा प्रणाली तर्फको मोरङ्ग जिल्लाको पहिलो एसएलसी व्याचमा म पनि थिएं । मोरङ्ग जिल्ला भरिमा जम्मा १७ जनामात्र एसएलसी उर्तिण भयौं । विराटनगरका उधोग व्यापारी घरानाहरु गोल्छा परिवार, दुगड परिवार,राठी परिवार अग्रवाल परिवार सोनी परिवार,तोदी परिवारहरु ,जाजु परिवार लगायत उधोगपति र व्यापारी जन्माउने म पढेको सत्यनाराय माविबाट चाहिँ म सहित जम्मा ७ जना छात्रमात्र उर्तिण भएर जिल्ला प्रथम भएर हाम्रो मावि पुरस्कृत पनि भयो ।
नयाँ शिक्षा लागु हुने भएपछि कलेज क्याम्पसमा रुपान्तरण भै सकेको थियो । हामीभन्दा एकव्याच सिनियर पुराना शिक्षाका अग्रज विधार्थीलाई एक बर्ष पर्खन लाएर हामी नयाँ शिक्षाका मोरङ्गका प्रथम एसएलसीसँगै तोकिएको सिटमा प्रबेश परिक्षा लिएर उर्तिण भएकालाई मात्र प्रविणता तहमा भर्ना गर्ने कार्यक्रम तय भएपछि मुटुले ढ्याग्रो ठोकीसकेको थियो । कारण एकातिर नयाँ शिक्षाको कशिलो एसएलसी परिणामका हामी विधार्थीले एक बर्ष देखी प्रवेश परीक्षाको तयारी गरेर बसेका पुराना शिक्षाका अग्रजसँग प्रतिष्पर्धा गर्नुपर्ने त छँदै थियो अर्कोतिर एकदम कडा गोविन्द सर हुनुहुन्छ भनेर साथीहरुले अत्याई सकेका थिए । पढने कुराहरुबारे क्याम्पसबाट सामान्य जानकारी दिइएको थियो । त्यो सहित अरु थप पनि पढियो ।
रिजल्ट निकै कसिलो भयो । आफ्ना केही साथीहरु अनुर्तिण हुँदा नरमाइलो लाग्यो । बाफ रे कडा गोविन्द सरको कडा परीक्षाको एउटा खडकिलो पार गर्दा खुशी भइयो ।
(घ) महेन्द्र मोरङ्ग इन्टर मिडिएट कलेजको यात्रा :–
‘उहाँले वि.सं.२०१२ सालदेखी मोरंग इन्टर मिडिएट कलेजबाट प्राध्यापन थाल्नु भएको थियो । ’ प्रा. कृष्ण पोखरेल सामाजिक सञ्जालमा लेख्नु हुन्छ । मोरङ इन्टर मेडिएट कलेजको भाइस प्रिन्सिपलबाट उहाँको व्यवस्थापकीय भूमिकाको जिम्मेबारी सम्हाल्ने यात्रा प्रारम्भ भयो । नयाँ शिक्षा लागु भएपछि प्रमुखको पद प्रिन्सिपलबाट क्याम्पस प्रमुखमा परिणत भयो । गोविन्द सर महेन्द्र मोरङ क्याम्पसको क्याम्पस प्रमुख र पछि महेन्द्र मोरङ आदर्श क्याम्पस बहुमुखी भएपछि स्तर बृद्धि भएर केन्द्रीय क्याम्पसमा रुपान्तरण भएसँगसँगै प्रमुखको पद पनि सहायक डीनमा परिणत भयो । गोविन्द सर सहायक डीन रहँदा वहाँका तीन सहायक क्याम्पस प्रमुखहरूमा मानविकी संकाय तर्फ ध्रुवनारायण लाल दाश, व्यवस्थापन संकाय तर्फ शिवमगन गुरुङ्ग र विज्ञान संकाय तर्फ चाहिँ भोगेन्द्रप्रसाद उपाध्याय हुनुहुन्थ्यो । बीँचमा उहाँको पदस्थापन इलाम तथा विरगञ्जको क्यम्पसमा पनि भएको थियो ।

(ङ) निर्भिक,निष्पक्ष ,निडर, स्वाभिमानी,इमानदार, शैक्षिक सुधारक प्रशासक :–
उहाँका विधार्थी मध्ये एक जना विराटनगर महानगरपालिका बार्ड नं.६ निबासी हाल सूर्य विनायक नगरपालीका बार्ड नं.४ स्थित अरनिको माबि का प्रध्यानाध्यापक तथा हाल म बसेको घरको छिमेकी घरमा बस्ने लेखनाथ रिमालले गोविन्द सरको निधनको खवर यो पंक्तिकारले निजलाई सुनाउने सिलसिलामा ‘उहाँ शैक्षिक सुधारक पनि हो ,कसैलाई काखा र कसैलाई पाखा नगरि क्याम्पसको शैक्षिक बाताबरण सुधारको लागि आफुले सोचेका सकारात्मक कार्यक्रमहरु आँटिलो भएर पुरा गर्ने एक इमान्दार शैक्षिक सुधारक हुनुहुन्थ्यो ’ भनेर गर्नु भएको मूल्याङ्कन पनि मनन योग्य छ ।
‘ गोविन्द सर हक्की, निडर, स्वाभिमानी र इमानदार प्रशासक हुनुहुन्थ्यो,…….. गोविन्द सरको प्रशासन अलि कडै थियोे । विद्यार्थी, कर्मचारीको त कुरै छाडौं प्राध्यापकहरूले पनि स्लिप लेखेर मात्र वहाँको कक्षमा प्रवेश पाउँथे,.. देखेको भोगेको गोविन्द सर एउटा इमानदार प्रशासक हो, एउटा सफल शिक्षक हो ’ त्रिविवि किर्तिपुरमा अर्थशास्त्र विषयका प्राध्यापक भरत पोखरेल सामाजिक सञ्जालमा लेख्दै आफ्ना विधार्धीलाई स्थानीय प्रशासनले थुनछेक गरेमा सरकारी प्रशासकहरुलाई ‘ विद्यार्थी रिहा गर कि मेरो राजीनामा स्वीकृत गर भनेर चुनौती समेत दिनु हुन्थ्यो ’ भन्दै विराटनगरबाट प्रकाशित हुने उदघोष दैनिकमा ततकालीन विधार्थी नेता समेत हुनुभएको प्रा. भरत पोखरेल आफ्नो मनतव्य व्यक्त गर्नुहुन्छ ।
हामी विधार्थीहरु त उहाँलाई देख्नेसाथ सर्तक हुन्थ्यौं । ममोआबके क्याम्पसमा गोविन्द सर जस्तै कडा सरको रुपमा हिष्ट्री सरको रुपमा परिचित गणेश शर्मा नेपाल सर पनि हुनुहुन्थ्यो । अर्का वि.सं. २०३० अघिका प्रिन्सिपल गोपाल शर्मा पनि हुनुहुन्थ्यो भनेर विधाथी माझ गफ हुन्थ्यो । हाम्रो पालामा विधार्थीलाई हल्ला बदमाशी गर्दा दाह«ा किट्दै गाली गर्ने अर्का नेपाली सर लक्ष्मण उपाध्याय सर पनि हुनुहुन्थ्यो । उहाँहरु दुवै जना यस महेन्द्र क्याम्पसका हक्की, निडर सरहरु हुनुहुन्थ्यो । गोविन्द सर ‘अर्थशास्त्रका उद्भट विद्वान हुनुहुन्थ्यो,..अनुशासनप्रिय एवं सफल शैक्षिक प्रशासक हुनुहुन्थ्यो’भनेर सामाजिक सञ्जालमा पोष्ट गर्दै प्रा.कृष्ण पोखरेल उहाँको ‘शिष्य र पछि सहकर्मी हुन पाएकोमा ’आफुलाई गर्व महशुस गर्नु हुन्छ ।
होस्टेल व्यवस्थापनमा उहाँको त्यतिकै चासो हुन्थ्यो । उधोगपति रामलाल गोल्छाले नहरको छेउमा बनाईदिएको ‘रामलाल छात्रबास’को वार्डेनसँग त्यहाँ बस्ने विधार्थीहरुको प्रत्येक दिनको गतिविधिमात्र बुझने हैनकस् स्वयं वार्डेनको समेत गतिविधि विधार्थीहरुसँग बुझने गर्नुहुन्थ्यो । नेपाल सरकारका पूर्व उपसचिव हरिनारायण निरौलाले २०३६ साल तिर वार्डेनको विदाईमा कालो कोट लाएर गोविन्द सर आउनु भएर छात्राबासका विधार्थीसँग खिचाएको तस्वीर सहित उहाँलाई श्रद्धान्जली अर्पण गर्दै सामाजिक सञ्जालमा ‘श्रद्धेय क्यामस प्रमुख गोविन्द उपाध्याय छात्राबास आउनु भएर मलाई अव तिमीले रामकार्किको प्रिफेक्ट अवधि सकिए पछि समाल्नु है भन्ने आदेश पछि मैले सो छात्रावासको फिफेक्ट समालेको ४२ वर्षअगाडिको स्मरणीय क्षणमा मेरा लागी ताजै छ ’भनेर उँहाको स्मरण गर्नु हुन्छ ।

(तस्वीर ः– हरिनारायण निरौलाबाट,छात्रावासको वार्डेनको विदाइमा कालो कोटमा गोविन्द सर)

(च) २०३६को विधार्थी आन्दोलनपछि गोविन्द सरको लचिलो भूमिका :–
२०६२ को जनआन्दोलन पछि नेपाल सरकारका सार्वजनिक निकायमा दलसँग आवद्ध कर्मचारीहरु ट्रेड युनियनहरुको अनुशासन हिनता यसरी बढ्यो की उनीहरुले जे गर्छन त्यही नै कानून हो भन्ने सम्मका गतिविधि सम्म पनि देखिए जस्तै गरि स्कूलबाट शूरु भएको २०३६ सालको विद्यार्थी आन्दोलन सँगसँगै भएको जनआन्दोलन पछि राजदरबारभित्र पनि जनमत संग्रहबारे विवाद उत्पन्न भै गुट उपगुट सिर्जना सँगै अनुशासनहिनता देखापर्न थाल्यो ।
जनमत संग्रहको परिणाम पछि तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापा हावि भए । देशको प्रशासन नै थापाको अधिनमा रह्यो । प्रजातान्त्रिक समाजबादको नेपाली ढाँचाका प्रणेता वीपी कोइरालाले जनमत सँग्रहको बहुदल पराजित परिणामलाई स्वीकारेपछि दरबारले पनि काँग्रेसप्रति नरम रुख अपनाउन थाल्यो । राजा बीरेन्द्रप्रति समर्पित समुह इमान्दार र नैतिकबान देखिए पनि उक्त समूह दरबारमा कमजोर समुहको रुपमा देखिन लाग्यो । भारदारहरु पनि विभाजित भए । भूमिगत गिरोह भनेर पञ्चबीँच नै आरोप प्रत्यारोप चल्यो ।
अर्थात, २०३६ सालको विद्यार्थी आन्दोलनपछि दरबार कमजोर भयोः निर्दलीय पञ्चायती प्रजातन्त्र कमजोर भयो । जसको अशरले त्रिविको केन्द्रीय तथा मातहतका निकायहरुको शैक्षिक व्यवस्थापनमा कमजोरी देखियो । सञ्चालित परीक्षमा अराजकता र अनुशासनहिनता ह्वात्तै बढ्यो । बिराटनगरमा यो प्रवृतिमा झन बढी भएको चर्चा चलेपछि केन्द्रबाट चर्चित प्राध्यापक हर्षनारायण धौवडेललाई सुपरभाइजरमा पठाइएकोमा उहाँ समेत फिर्ता हुनुपर्ने गरी झैझगडा एवं अराजकताका काण्डहरु हुनजाँदा केन्द्रले पछि फेरि शिशिर स्थापितलाई सुपरभाइजर तोकेर पनि पठाएपछि गोविन्द सर तथा क्याम्पस स्ववियू समेतको पहलमा परीक्षा पूनः अनुशासित मर्यादित तवरले सञ्चालन हुन गयो ।
‘गोविन्द सरको विद्यार्थी, कर्मचारी र प्राध्यापकमा पहिला जुन खौफ थियो २०३६ को विद्यार्थी आन्दोलनले मत्थर पारिदियो । स्ववियुका पदाधिकारी हामी जुनसुकै बेला वहाँसँग सम्बाद गर्ने सामर्थ्य राख्थ्यौं । एकदिन हामीलाई वहाँले हाँसेर तपाईंहरूले पेलेर मलाई हेप्ने हुनुभयो तर यो सब मैले हाम्रो संस्था त्रिवि सुधारको लागि नै गरेको हुँ भनेर भाबुक बन्नुभयो । म विद्यार्थी नेतृत्वमा र गोविन्द सर प्रशासनको नेतृत्वमा रहँदा हाम्रो नरमगरम चलिरह्यो’ प्रा. भरत पोखरेल आफ्नो अनुभव सामाजिक सञ्जाल मार्फत पोख्नु हुन्छ ।
(छ) २०३८ को स्वबियू निर्वाचनमा गोविन्द सरका अफठ््याराहरु ः–
ममोआबके क्याम्पसमा कोशी वारी सवै जिल्लाबाट र पारी उदयपुर सिन्धुली रामेछाप सम्मका विधार्थीहरु पढने गरेका थिए । यस क्याम्पसको स्वबियू निर्वाचनमा बामपन्थीका अखिल–प्रगतिशिल– फेडेरेशन–क्रान्तिकारी लगायतका विविध घटक समर्थक विधार्थीहरु कार्यगत गठबन्धन गरेर बनाएको एउटा संयुक्त पैनल अर्कोतिर काँग्रेस समर्थक विधार्थीहरुको नेविसंघको पैनलबीँच हुन्थ्यो । पञ्चायत समर्थक रास्वबि मण्डलले आवश्यकताअनुसार कहिले बामपन्थी र कहिले कांग्रेस समर्थक नेविसंघलाई समर्थन गर्थे । अधिकाशं स्वबियू चुनावमा बामपन्थी समर्थक बिधार्थी समुहले जित्थ्यो ।
यसै सन्दर्भमा २०३८ सालको स्वबियू निर्वाचनमा नेविसंघबाट पूर्वमन्त्री विजय गच्छदार सभापतिमा उठनु भएको थियो । उहाँ एकदम आक्रामक र मुठभेड गरिहाल्ने स्वभावको हुनुहुन्थ्यो । तिक्ष्ण प्रतिष्पर्धा भएपनि चुनावमा फेरि पनि बाम पक्षीय बिधार्थी नै बिजय हुन सक्ने अनुमानित हल्लीखल्ली थियो रातीको समय मत गणना हुँदै थियो ।
बाम पक्षधरको पैनल नै विजयी हुँदैछ भनेर बाहिर हल्ला चल्दै थियो । त्यसैबीँच बिजय गच्छदारले गोविन्द सरलाई पिस्तोल देखाएर पराजित नेविसंघको पैनल बिजयी भएको भनेर चुनावको परिणाममा जर्वजस्ती सही गरायो भन्ने रातभरि बाहिर मत परिणाम सुन्न बसेका विधार्थीबीँच हो हल्ला शुरु भयो । त्यसपछि नतिजा नेविसंघको पक्षमा आएको सूचना टाँस समेत भयो । र, बामपक्षधर विधाथीहरुले स्ववियू नतिजालाई स्वीकार नगररे बक्तब्य जारी गर्दै घोषित परिणाम रद्ध गर्न अनुरोध गरेपछि गोविन्द सरले असजिला परिस्थितिको सामना गर्नु पर््यो । दुवै पक्षका विधार्थी बीँच झगडा पर्न थाल्यो । स्ववियूमा सभापति घोषित विजय गच्छदारले कव्जा गरेर ताल्चा लगाई सक्नु भएको थियो ।
२०३८ साल मंसिर ९ गतेको कुरा हो । बाम पक्षधर विधार्थीहरुको पहिले क्याम्पस प्रशासनलाई अनुरोध गरेर स्वबियूको ताल्चा खोल्न लगाउने । त्यतिले नभएमा डेलीगेशन सहित पदाधिकारीको कार्यकक्षमा धर्ना दिने । फेरि पनि समश्या समाधान हुन नसके विरोध पर्दशन सहित स्ववियूको ताल्चा खोलेर आफ्ना पैनलका सभापति सहित अरु पदाधिकारीबाट स्वबियू सञ्चालन गराउने कार्यक्रम भएको चर्चा सुनियो । भोगेन्द्र भोगेन्द्रप्रसाद उपाध्याय सरका बाम पक्षधर विधार्थीको डेलीगेशन गै सकेको रहेछ । बाहिर सुनसरी झापा लगायतका जिल्लाबाट आएका बाम पक्षधर विधार्थीको ठूलो समूह थियो । नेविसंघका विधार्थी एकदम नै कम थिए,अन्यत्रै भेला थियो भन्ने सुनेको ।
यो पंक्तिकार म चाहिँ क्याम्पसमा नासुस्तरको पद खुलेकाले बाहिर फारम भर्दै थिएँ । अलिपर पूर्वतिर बाम पक्षधर भरत पोखरेल,खगेन्द्र चुँडाल, फणिन्द्र तिमितिल्सना,दिपेन्द्र तथा नरेन्द्र कार्कीहरु लहरै उभिनु भएको थियो । यसै बीँच यत्रो ठूलो समूहलाई वास्तै नगरि बिजय गच्छदारको नेतृत्वमा पन्ध्र सोह««जना जति नेविसंघका विधार्थी भीडलाई पन्छानउँदै क्याम्पस प्रमुखको कोठातिर लागे । नेविसंघको यो टोली मध्ये एक जनाले यो पंक्तिकार म लाई नाम नै बाचेर तिमि यहाँबाट गै हाल भने,अर्काले जागीरे फारम सारम छोडदेउ भन्दै पो थिए भागाभाग शुरु भयो ।

(तस्वीर :– सोसल मिडियाबाट, ममोआबके क्याम्पसको यही प्रबेशद्वारको करिव एक सय पचास फिट भित्र दुःखद फणिन्द्र घटना घटेको)

म पनि भागेर पर सहायक डिनको कार्यालय पुगँे । हान हान ठोक ठोक भन्दै कुदारे कुद भएको देखिन्थ्यो । त्यसै वीच प्याटाक प्याटाक आवाज सुनियो । अरु पनि लुक्न सहायक डिनको कार्यालयमा आउँदै थिए । एकजनाले हामीलाई नेविसंघले बम पनि हानेको तर पडकेन–पेस्तोल चाहिँ चल्यो भन्दै थिए ।
झगडा शान्त भएपछि सहायक डिनको कार्यालयमा लुकेका हामी पर क्याम्पसमा गयौं । अकल्पनीय घटना घटी सकेको रहेछ । गोविन्द सर तथा हामी बस्ने तीनटोलीयाका टोल बासी अखिल एकताको पाँचौं पक्षधर फणिन्द्र तिमिल्सिना त विजय गच्छदारले चलाएको पिस्तोलको गोली लागेर अस्पताल लगेको छ भनेर बाम पक्षधर बिधार्थीहरु कोलाहल गर्दै थिए । अव प्रशासनले कर्फ्यू लाउनेवाला छ भन्ने कुरा पनि चल्दै गर्दा सवै विधार्थी घरघरमा लुक्न गै सकेका थिए । नभन्दै कर्फ्यु लाग्यो ।
पछि बाताबरण शान्त भएपछि –‘बिधार्थीहरुले बिजय गच्छारलाई पिटेर आखाँ समेत फुटाएर मरणासन्न अवस्थाको पारी सके रे ;फणिन्द्रको मृत्यु भयो भन्ने जस्ता हल्ला सुनेपछि त केही बाम पक्षधर विधार्थी बिजय गच्छदारलाई तीन टुक्रा पार्ने भन्दै खुकुरी समेत लिएर हिंडेका थिए रे ;विजयलाइ अस्पताल लगे रे ;बिजय गच्छदारले हातमा लिएको पिस्तोललाई त सानो खेलौना ठानेर वास्ता नगरेकाले यस्तो भयो ; विजयलाई त चाइनिज पेस्तोल अञ्चलाधिस जीयाउल हकले पो दिएका रहेछन्;पेस्तोल लिएको विजयको हातमा सालको काठको पाताले हिर्काएर भैँमा झारेको पिस्तोल त टिपेर अखिल पाँचौँका फलाना विधार्थी नेताले माले नेता सीपी मैनाली कहाँ पुर्यासके रे…हैन हैन पुलिस ले नै टिपेर प्रशासनलाई बुझायो; नेविसंघको फलानाले हानेको बम निष्क्रिय भयो र मात्र नत्र त बर्बाद हुने रहेछ ’ जस्ता अनेकौं चर्चा परिचर्चा हल्ला खल्ला सुनियो ।
बिजय गच्छदारको स्वस्थ्य अवस्था नाजुक थियो । पछि हाम्रो स्नातकोत्तर रात्री कालिन सत्र रद्ध गरेर पुरानो हवाईफिल्डमा लाने कार्यक्रम तय भयो । स्वबियू चुनाव अर्थहिन भै सकेको थियो । गोविन्द सरलाई सहायक डिनबाट हटाई गोविन्द सर आफुले नै बनाउनु भएको मानविकी तर्फका क्याम्पस प्रमुख ध्रुवनारायण लाल दास(जसलाई पछि पूर्वाञ्चल विश्वविद्यालयको पहिलो उपकुलपति पनि बनाइयो) लाई त्रिविविबाट सहायक डिनमा नियुक्ति गरियो । आफ्नो पालामा सोच्दै नसोचेको फणिन्द्र घटना पछि उहाँ साह«ै चिन्तित देखिनु भएको थियो । उहाँको कुनै दोष थिएन । पदबाट हटनु परेपनि तैपनि उहाँ विचलित हुनु भएन ।
गोविन्द सरको शैक्षिक यात्रामा अवरोध लगाउने ३८ साल मंसिर ९ गते घटेको महेन्द्र मोरङ्गको त्यो घटनालाई नेपालका विश्व चर्चित प्रजातान्त्रिक समाजबादी नेता वीपी कोइराला ‘उत्पात,काण्ड’ को संज्ञा दिँदै “हामीलाई थाहा छ ,कसले गोली चलाएको भनेर । सरकारलाई थाहा छ र हामीहरुलाई थाहा छ ,कसको संरक्षणमा त्यो भएको छ । अनि दोष लागिरहेको छ बिजय गच्छदारलाई । …सवैलाई थाहा छ ,कसले हानेको हो त्यो गोली भनेर । कसको पिस्तोल हो,त्यो पनि थाहा छ । पुलिसको जिम्मामा र अञ्चलाधीसको जिम्मामा त्यो पिस्तोल छ र हान्ने मान्छे उनीहरुलाई थाहा छ ..।”भनेर आफ्नो धारणा व्यक्त गर्नु भएको पाइन्छ (‘राजा,राष्ट्रीयता र राजनीति ’बाट) ।
चितवन रामपुर क्याम्पसका अ.ने.रा.स्व.बी.यू. का विधार्थीद्वय मित्रमणी आचार्य र शिव पौडेलको घटना सम्झिएर बामपन्थीहरु वीपीको उपरोक्त भनाईसँग सहमत हुन नसकेको तथा वीपीलाई कार्यकर्ताले ९ गतेको फणिन्द्र घटनाको गलत व्याख्या प्रस्तुत गरेको र पाचँसय भन्दा बढीको बामपन्थी समर्थक विधाथी सामु बीस पच्चीस जना नेविसंघका विधार्थी बाम विधार्थीको भिडलाई पेल्दै क्याम्पस प्रमुखको कार्यकक्षतिर लाग्नुले उनीहरुको शारीरिक भन्दा सशस्त्र बल बढी थियो भन्ने बामपन्थीहरुको बिश्लेषणात्मक चर्चा पनि सुनिएको थियो ।
काँग्रेसले जनमत सँग्रहको परिणाम स्वीकार गरेपछि सूर्य बहादुरले सम्हालेको पञ्चायति कमाण्ड र नेपाली काँग्रेसबीँच अघोषित साँठगाँठ भयो र बामपन्थी प्रति पञ्चायत कठोर भएकाले पञ्च–काँग्रेसको मिलिभगतमा नै उक्त घटना घटेको भनेर बामपन्थीहरुको आफ्नै खाले विश्लेषणका चर्चा सुनिएपनि काँग्रेसहरु चाहिँ बामपन्थीहरु बाहिर ‘पञ्च –काँग्रेस गठबन्धन मुर्दाबाद’ भनेर पर्खालमा लेख्दै सडकमा नाराबाजी गर्छन,भित्रभित्र पञ्चहरुसँग मिलिभगत गर्छन भनेर उल्टै उक्त घटनाको पृष्ठभूमि सिर्जना गर्न मुख्य जिम्मेबार नै कम्युनिष्ट एवं अखिलहरुं भएको भनेर आफुहरु निर्दोष भएको भन्ने आफ्नो अनुकुलको एकोहोरो जिकिरका हल्ला –चर्चा परिचर्चा– आरोप प्रत्यारोप सुनिए पनि त्यो कहालिलाग्दो घटना अझै रहस्यको गर्भ भित्रै रहश्यात्मक रुपमा थन्किएको जस्तो लाग्छ ।
प्रजातन्त्रको पूनःस्थापना पछि सवै कुरा मिलेको खवर सुनियो । गोविन्द सर सहीलाई सही र गलतलाई गलत भन्दै तोकिएको जिम्मेबारी पेशागत मर्यादा पालन गरेर सम्पादन गर्ने व्यक्ति भएकाले जुन दलले राम्रो गर्छ यसले राम्रो गर्यो है भन्नु हुन्थ्यो । उहाँ कुनै दलसँग आवद्ध हुनु भएको जस्तो लाग्दैन ।
(ज) गोविन्द सरलाई बिर्सेका गोविन्द सरका विधार्थीहरु ः–
क्याम्पसको जागीर छोडेपछि विराटनगरको प्रशिद्ध नीजि स्तरको देवकोटा स्कूलको प्रिन्सिपल हुनु भयो । प्रजातन्त्रको पूनःस्थापना भएपछिको प्रथम निर्वाचित प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले गोपाल शर्मालाई जर्मनको राजदूत नियुक्ति गरेपछि गोविन्द सरको पनि चर्चा थियो । तर उहाँ स्वभीमानी र कसैको चाकरी नगर्ने स्वभावको भएकाले त्यो चर्चा सेलाएर गयो । किसुनजी –मनमोहन अधिकारी (एउटै टोल बासी)–नारायण कोइराला–गिरिजा प्रसाद–भारत मोहन–सूर्य बहादुर थापा–पंचायती मन्त्री देखि दरबारका उच्च पदाधिकारीहरु सम्मले उहाँलाई गोबिन्द सरको रुपमा चिन्नुहुन्थ्यो ।
उहाँका विधार्थीहरु बिधा भण्डारी ,महेश आचार्य,विजय गच्छदार, हरिनारायण चौधरी,जयप्रकाश गुप्ता,रघुविर महासेठ, मिनेन्द्र रिजाल,गिरिराज मणी पोखरेल,गुरुराज घिमिरे,खगेन्द्र चुँडाल,विश्वनाथ साह,जीवन घिमिर,हरि न्यौपाने,अमृत अर्याल, पुरञ्जन आचार्य,बाबुराम कार्की,दीपक लोहनी,केदार बस्नेत,स्व.ध्यान बहादुर राई,नरेश पोखरेल,मृदुला घिमिरे,कान्ता रिजाल,ध्रुवनारायण श्रेष्ठ,दीपक कार्की,खेम नेपाली,महेश रेग्मी,राजेन्द्र गुप्ता,हेमराज राई,उमेश गिरि,बसन्त भट्ट्राई, भास्कर भद्रा,उद्धव पौडेल,बसन्तमानसिंह अधिकारी,बल्लभ दाहाल,केदार कोइराला,प्रल्हाद साह लगायत राष्ट्रपति देखी लिएर मन्त्री ,नेता र सांसद भए ।
डा.ऋषिराज बराल,प्रमोद प्रधान,कृष्ण भूषण बल,दधिराज सुवेदी,कलाकार मोहन निरौला–शिव श्रेष्ठ,नविन श्रेष्ठ,दिपक आलोक,रमेश बुढाथोकी,मनोहरी थापा,सुनिल पोखरेल,चर्तुभूज आशाबादी,गोरखापत्र संस्थानका पूर्व अध्यक्ष रमेश तुफान एवं इन्दीरा प्रसाई, विराटनगरका पूर्व मेयर–पूर्व राजदुत प्रा.रमेश पौडेल,इतिहास प्रा.ऋषिराज उपाध्याय,प्रा. रामेश्वर बराल,प्रा.राम रिझन यादव,डा.उपेन्द्र–माधव–यादव कोइराला,डा.देवराज अधिकारी, डा.खगेन्द्र आचार्य,उदय प्रसाई, विष्णु–मनोहरि बराल ,दिनेश श्रेष्ठ,नविन अधिकारी,पूर्व मुख्य सचिव डा.विमल कोइराला,लोकमानसिंह कार्की,किशोर प्रधान–गोल्छा–दुगड–सोनी–राठी–अग्रबाल–धनावत–तोदी–प्याकुरेल– सिटौला –रिजाल समुह लगायतका उधोगपति तथा थुप्रै प्रशासक,व्यवस्थापक,चिकित्सक,न्याय एवं कानून विद,इन्जीनियर,कृषि तथा बन विज्ञ,चार्टड एकाउन्टेन्टस्,प्राध्यापक तथा साहित्यकारहरुको उहाँ सर–गुरु हुनुहुन्थ्यो ।
(झ) सादर बिनम्र भवनीति श्रद्धान्जली :–
यो पंक्तिकार म बर्षको एकपल्ट विराटनगर घर जाँदाँ उहाँसँग भेट गरेर सुखदुखका कुराहर साटासाट गरिन्थ्यो त्यो अवसरलाई पनि कोराना महामारीले छेक्यो । उहाँसँग बसेर थप बिगतका तथ्य थप कुराहरु बुझौंला भन्ने मेरा इच्छा अधुरै रहे । त्रिविविले मात्र हैन पूर्वाञ्चल ले नै एउटा स्वभीमानी ,इमान्दार, निक्ष्पक्ष,मेहनती,अनुशासन प्रिय,सफल शैक्षिक सुधारक, निडर एवं हक्की विश्वविधालय प्रशासक र पूर्वको एउटा अशल प्राज्ञ गुमाएको छ । तीनटोलीयाले अशल निवासी,सहयोगी ,आदर्श समाजसेवी गुमाएको छ ।

(तस्वीर :– लेखक स्वयंबाट ,बिराटनगर गएको बेला गोविन्द सरसँग लेखक)
समस्त विराटनगर बासीको मनमा उहाँको सम्झना अमर रहनेछ । उहाँको शिष्य बिधार्थी हुन पाएर मात्र पनि हैन,न त उहाँसँगै टोल बासी हुन पाएर नै हो बरु उहाँ जस्तो अशल छिमेकी अभिभावक पाएर म आफुलाई गौरव गर्छु । उहाँप्रति भावपूर्ण बिनम्र सादर श्रद्धान्जली अर्पण गर्दछु ।

तस्वीरहरु साभार :–
(तस्वीर :– सामाजिक सञ्जालबाट श्रद्धान्जली अर्पण गर्ने पुस्तिका नजिक झुण्डाइएको गोविन्द सरको )
(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)
(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)
(तस्वीर :– तीनटोलीया समाज सेवा समितिबाट,सिंङ्गियाई घाटमा गोविन्द सरको दाह संस्कारको तयारीमा विराटनगर बासीहरु)
(तस्वीर :– हरिनारायण निरौलाबाट,छात्रावासको वार्डेनको विदाइमा गोविन्द सर )
(तस्वीर :– सोसल मिडियाबाट, ममोआबके क्याम्पसको यही प्रबेशद्वारको करिव एक सय पचास फिट भित्र दुःखद फणिन्द्र घटना घटेको)
(तस्वीर :– लेखक स्वयंबाट ,बिराटनगर गएको बेला गोविन्द सरसँग लेखक)
(लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here