काठमाडौं । शेयर बजारमा बुधबार उच्च अंकको गिरावट आएको छ । नेप्से ३० दशमलव ७७ अंकले घटेर परिसुचक २६ सय ४९ दशमलव १८ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि ६ दशमलव ६७ अंकले घटेर ४९७ दशमलव ३ विन्दुमा थामिएको हो ।
नेप्सेमा २३६ कम्पनीको ५८ हजार ५७२ पटक कारोबार भएर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँ बराबरको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर किनबेच भएको जनाएको छ ।
















