मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

73

ललितपुरमा मंगलबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, अर्का घाइते भएका छन्।

प्रहरीका अनुसार मंगलबार राति १ बजेतिर कुपण्डोलमा सडकमा रहेको बिजुलीको पोलमा  बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल ठोक्किएको हो।

दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ९, छम्पी घर भई हाल मंगलबजार बस्ने ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकलका चालक मंगलबजारका ३६ वर्षीय दिपेश तामाङ घाइत भएका छन्। उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here