मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका मेजर अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा

119

काठमाडौं । कैलालीमा मादक पदार्थ सेवन गरेर स्थानीयसँग विवाद गरेका नेपाली सेनाका सेनानी (मेजर) अशोक शाही सैनिक सेवाबाट बर्खास्तीमा परेका छन् ।

सुदूरपश्चिम तालिम शिक्षालयमा कार्यरत उनलाई सैनिक आचरणविपरीत काम गरेको ठहर गर्दै सैनिक अदालतले सेवाबाट हटाउने फैसला गरेको हो । गत २१ कात्तिकमा उनले मादकपदार्थ सेवन गरी ब्यारेकबाट निस्किएर स्थानीय युवासँग झगडा गरेका थिए ।

कैलालीको चिसापानीस्थित होटल संगममा शाही र होटल सञ्चालक तथा त्यहाँ रक्सी खाइरहेका युवाबीच झगडा भएको थियो । उनले सुरुमा ग्राहकसँग झगडा गरेका थिए । त्यसपछि उनी ब्यारेक फर्किएर हतियारसहित पुनः विवाद गर्न गएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here