नेपाल सुपर लिग चैत २६ देखि सुरु हुने

165

काठमाडौं । फ्रेन्चाइज फुटबल प्रतियागिता नेपाल सुपर लिगको दोस्रो संस्करण आउँदो चैत २६ गतेदेखि सुरु हुने आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले जनाएको छ ।

जेठ ७ गतेसम्म हुने प्रतियोगितामा यसपटक तीन नयाँ टोली थपिएको जनाइएको छ । अब प्रतियोगितामा जम्मा १० टोलीलले प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतियोगिता यसपटक पोखरा र काठमाडौंमा हुने भएको छ । पहिलो चरणका खेल पोखरा र दोस्रो चरणका खेल काठमाडौंमा गर्ने तयारी भएको आयोजकले जनाएको छ । तर, कोभिड–१९ संक्रमणको स्थितिमा भर पर्ने आयोजकले जनाएको छ ।
पहिलो संस्करण पनि कोभिड–१९ संक्रमणका कारण बन्द रंगशालामा खेलाइएको थियो । आयोजकले फेब्रुअरीको सुरुमा नयाँ तीन टिमको अक्सन गर्ने जनाएको छ । पहिलो संस्करणमा सात टिम विराटनगर सिटी, काठमाडौं रेजर्स, ललितपुर सिटी, चितवन, पोखरा थन्डर्स, बुटवल, लुम्बिनी र धनगढी थिए । काठमाडौंले फाइनलमा धनगढीलाई १–० ले हराउँदै उपाधि जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here