राष्ट्रिय सभा निर्वाचनः ‘क्लिनस्विप’बाट जोगियो एमाले

58

काठमाडौं । राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमध्ये १८ पदमा पाँच दल आबद्ध सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित बनेका छन् । १९ पदका लागि सातै प्रदेशमा बुधबार राष्ट्रिय सभा सदस्य चुन्न मतदान भएको थियो । जसमध्ये एक सिट मात्रै नेकपा एमालेको पोल्टामा गएको हो ।

निर्वाचन आयोगका अनुसार प्रदेश एकमा तीन सदस्य चुन्न भएको निर्वाचनमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका एक÷एक जना तथा प्रमुख प्रतिपक्षी एमालेका एक जना उम्मेदवार निर्वाचित भएका हुन् ।

राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्टिय जनमोर्चाको तर्फबाट बनेको पाँच दलीय गठबन्धनले सानदार जित हात पार्दा प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको नेकपा एमालेले पनि गठबन्धनलाई चुनौती दिँदै एक सिट जोगाएको छ ।

सत्ताधारी दलहरू गठबन्धनसहित मैदानमा उत्रिँदा एमालेले प्रदेश १ तर्फ आफ्ना उम्मेदवारलाई विजयी बनाउन सफल भएको हो । योसँगै १९ सिटका लागि भएको निर्वाचनमा एमाले ‘क्लिनस्विप’ हुनबाट जोगिएको हो ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम परिणामअनुसार चुनाव भएका १९ मध्ये १८ सिटमा गठबन्धनमा आबद्ध दलका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा एमालेका सोनम ग्याल्जेन शेर्पा विजयी भएका हुन् । शेर्पाको विजयले राष्ट्रिय सभामा एमाले नै ठूलो पार्टीको हैसियतमा उभिएको छ । राजधानी दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here