जिशु र पुष्प फिचर्ड ‘तिमीलाई  मेरो आफ्नो बन्न’ सार्वजनिक (भिडियो)

205
काठमाडौं। एमबीबीएस अध्ययन संगै मोडलिङ क्षेत्रमा आफ्नो भविष्य खोजिरहेकी मोडल जिशु कोइराला अभिनित  ‘तिमीलाई  मेरो आफ्नो बन्न’  बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  भिडियोमा नायक पुष्प खड्का मोडल जिशु कोईराला बीचको अनस्क्रिन प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।

यस गीतमा गायक सुर्य काश्यबको स्वर सुन्न सकिन्छ।  सुजन कंडेलको शब्द रहेको यस गीतमा   संगीत राम कुमार रिमालको संगीत  रहेको छ। नारायण दंगालले यस गीतलाई संगीत संयोजन गरेका हुन्।श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियाेमा अनिल के मानन्धरको छायाँकन रहेको छ।

मिलन बिश्वकर्माले  सम्पादन गरेको यस भिडियोलाई मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो।  भिडियो जिशु कोइरालाको अफिसिएल  च्यानल मार्फत सार्वजनिक गरिएको हो। यसअघि मोडल कोइराला अभिनित   ‘हेर्ने हो र देखाइदिम’ र ‘कसो गर्ने होला’ बोलको म्युजिक भिडियो सार्वजनिक भैसककेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here