पार्टीको विधानविपरीत अहित हुने काम गरेको आरोप लागेपछि नेकपाबाट कट्टेल निष्कासित

143

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीबाट ऋषिराम कट्टेल निष्कासित भएका छन्।

नेकपाले कट्टेललाई माघ १३ गते नै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो। पार्टीको विधानविपरीत दलको अहित हुने काम गरेको आरोप लागेपछि माघ ५ गते छानविन समिति गठन गरिएको तर छानविन समितिले माघ ७ गते मागेको स्पष्टीकरणको जवाफ नदिएको हुनाले उनलाई निष्कासन गरिएको उल्लेख छ।  पार्टीले लोकनारायण सुवेदीलाई कार्यबाहक अध्यक्ष तोकेको छ।

उनी एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजकसमेत हुन्।  कट्टेल तिनै हुन् जसले एक वर्षअघि फागुन २३ गते सर्वोच्च अदालतको उत्प्रेषण आदेशमार्फत केपी ओली र प्रचण्ड नेतृत्वको नेकपा एकता बदर गरी नेपाल कम्युनिस्ट पार्टीको नाम फिर्ता ल्याएका थिए।

facebook sharing button

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here