चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण

134

काठमाडौं ।  चालु आर्थिक बर्षमा धानको उत्पादन ८.७४ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार गत बर्ष १.३ प्रतिशतले बृद्धि भएको धान उत्पादन यस बर्ष घट्ने देखिएको हो । धान बाली उठाउने समयमा परेको बर्षाका कारण उत्पादनमा कमि आएको हो ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार त्यसैगरी हिउँदे बर्षाको कारण गहुँ, फापर तथा कोदोको उत्पादन भने बढ्ने प्रक्षेपण रहेको छ । गत बर्ष मकैको उत्पादन १.५ प्रतिशत र कोदोको उत्पादन १ प्रतिशतले बढेको थियो भने गहुँको उत्पादक ३.४ प्रतिशतले घटेको थियो ।

त्यस्तै, चालू आर्थिक बर्षको ६ महिनाको अवधिमा आर्थिक गतिविधिमा सुधार आएको छ । कोभिड–१९ को असर तुलनात्मक रूपमा कम रहेको कारण समग्र औद्योगिक उत्पादनमा सुधार आएको हो ।

गत आर्थिक बर्षको चौथो त्रैमासमा उद्योगको क्षमता उपयोग ६४.८ प्रतिशत रहेकोमा नेपाल उद्योग परिसंघको सर्वेक्षणअनुसार आर्थिक बर्ष २०७८/७९ को पहिलो त्रैमासमा उद्योगको औसत क्षमता उपयोग ७०.५ प्रतिशत रहेको छ ।

पुरानो लयमा सञ्चालनमा आउन थालेको उद्योग क्षेत्र कोरोना भाइरस संक्रमणको तेस्रो लहरका कारण पुनः प्रभावित हुने जोखिम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here