उत्तर कोरियाद्वारा आईसीबीएमको सफल परीक्षण

80

एजेन्सी । उत्तर कोरियाले अहिलेसम्मकै शक्तिशाली अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) को सफल परीक्षण गरेको बताएको छ। द ह्वासङ–१७ नाम गरेको आईसीबीएम बिहीबार सफल रुपमा परीक्षण गरिएको उत्तर कोरियाले शुक्रबार जानकारी दिएको हो।

सन् २०२० को अक्टोबरमा परेडको क्रममा उत्तर कोरियाले द ह्वासङ–१७ सार्वजनिक गरेको थियो। उत्तर कोरियाले सन् २०१७ यता पहिलोपटक अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको हो।

लामो दूरीमा मार हान्न सक्ने आईसीबीएम अमेरिकासम्म पुग्न सक्ने क्षमता भएको हतियार हो। आईसीबीएम परीक्षणमा प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले त्यसलाई पालना गरेको छैन।

उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ–उनको निर्देशनमा बिहीबार परीक्षण भएको हो।

मिसाइल एक घण्टाभन्दा लामो समय उडेपछि जापानको समुद्री क्षेत्रमा खसेको जापान सैन्य अधिकारी तथा दक्षिण कोरियाका अधिकारीले बिहीबार बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here