आज सुनको मूल्यमा गिरावट

167

काठमाडौ। नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । बुधबार सुनको मूल्य आज प्रतितोला १६०० रुपैयाँले घटेको हो । मंगलबार प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भएको हो ।

सुनचाँदी व्यवसाय महासङ्घको अनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज रुपैयाँले ३५ घटेर प्रतितोला १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here