मधुवन नगरपालिकामा सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार

148

काठमाडौं । सिटिजन्स बैंकले थप एक नयाँ शाखा विस्तार गरेको छ । बैंकले बर्दिया जिल्लाको मधुवन नगरपालिका, ओराली बजारमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । नयाँ शाखा संचालनका लागि स्थानीय व्यवसायी चित्र बहादुर वली लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ ।

यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।

सिटिजन्स बैंकले हाल १७४ शाखा, १२३ एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here