नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश

147

काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेको नाराबाजीका बीच आदिवासी जनजाति आयोगको प्रतिवेदन प्रतिनिधिसभामा पेश भएको छ ।

शुक्रबारको बैठक सुरु हुनासाथ एमाले सांसदहरुले बेल घेरेर नाराबाजी गरेका थिए । तर सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीको तर्फबाट आदिवासी जनजाति आयोगको प्रतिवेदन आर्थिक वर्ष २०७७-७८ पेश गर्न कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुलाई समय दिए ।

कानुनमन्त्री बडुले प्रतिवेदन पेश गरेपछि बैठक फागुन ८ गते बस्ने गरी स्थगित भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here