थ्रीस्टार ए डिभिजन लिगमा शीर्ष ४ मा परेन

62

काठमाडौं । थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगको अन्तिम खेलमा रेलिगेसनमा परिसकेको ब्रिगेड ब्वाइज क्लब (बीबीसी)सँग हारबाट जोगिएको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा शुक्रबार भएको खेलमा थ्रीस्टारले बीबीसीसँग १–१ गोलको बराबरी खेलेको हो।

इन्ज्युरी समयको थप गरिएको अन्तिम मिटेमा मिडफिल्डर डोना थापाको गोलले थ्रीस्टारलाई हारबाट बचायो।

उनले इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा गोल गरे। उनले अन्सुमाना क्रोमाहको पासमा वान टचमा फिनिस गरेका थिए। त्यसअघि ५६औं मिनेटमा प्रशान्त तामाङले गोल गर्दै बीबीसीलाई सुरुआती अग्रता दिलाएका थिए।

गोलरक्षक एन्जल श्रेष्ठले रिलिज गरेको बलमा थ्रीस्टारका कप्तान अशोक खवास र डिफेन्डर राफयल रिम झुक्किन पुग्दा प्रशान्तले बल अघि बढाउँदै वान भर्सेस वानको अवस्थामा दोस्रो बार च्याप्दै गोल गरे।

बराबरीसँगै थ्रीस्टारले लिगमा १३ खेलबाट १९ अंक जोडेर छैटौं स्थानमा लिगको अन्त्य गरेको छ। ए डिभिजनको शीर्ष चारमा थ्रीस्टार नपरेको यो पहिलोपटक हो। बीबीसी १३ खेलबाट ७ अंक जोडेर १३औं स्थानमा रह्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here