आज वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिएपछि सुनसान

112

सुर्खेत । वीरेन्द्रनगरमा कर्फ्यू जारी गरिए पछि आज सुनसान छ । सोमबार अमेरिकी विकास सहयोग मिलेनियम चयालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका विरोधमा आह्वान गरेको बन्द अराजक बन्दै गएपछि थप क्षति रोक्न वीरेन्द्रनगरमा हिजो राति ८ः १५ देखि आज साँझ ७ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको थियो ।

पूर्वमा धुलियाविट, पश्चिममा बाङ्गेसिमल, उत्तरतर्फ वीरेन्द्रनगर नगरपालिका- ७ र दक्षिणतर्फ लाटीकोइली शिव मन्दिर हुँदै काँक्रेबिहार, देउती बज्यै एवं सुब्बाकुना क्षेत्रसम्म कर्फ्यू जारी गरिएको छ । यि क्षेत्रमा सुनसान रहेको छ भने चोकचोकमा सुरक्षाकर्मीहरु खटिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी पदमलाल लामिछानेले कर्फ्यू उल्लंघन गर्ने दुई जनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रहरीलाई ढुंगा हाने पछि बिहान दुई जनालाई पक्राउ गरिएको छ । हिडिरहेकालाई नहिड्न आग्रह गर्दा उनीहरुले प्रहरीलाई ढुंगा हानेपछि पक्राउ गरिएको हो । सबै ठाउँ सुनसान नै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here