दिनेश मगरको शिव भजन ‘डमरू बजाईदेउन’ सार्वजनिक

138

काठमाडौं । नेपालीहरुको महानपर्व शिवरात्रीको अवसर पारेर गायक दिनेश बलम्पकी मगरले आफ्नो नयाँ शिव भजन ‘डमरू बजाईदेउन’ को भिडियो सार्वजनिक गरेका छन ।

चर्चित डान्सिङ समुह भिमफेदी गाइज, निशान परियार, सुजन आले मगर, रमेश लामा, दिपेश तमाङको डान्सिङ र अभिनय देख्न सकिने भजनको भिडियोलाई निर्मल कुमार लामाले निर्देशन गरेका छन ।

भजनमा स्वयम गायक मगरकै शब्द संगीत रहेको छ भने संगीत संयोजन दिक्षित पौडेल, मिक्सिङ मास्टरिङ्ग प्रकाश मिश्रको रहेको छ ।

भिडियोको छांयाकन, सम्पादन र कलर ग्रेडिङको कार्य पवन सुस्लिङले गरेका हुन ।

भिडियोलाई भिमफेदी गाइजकै अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/wTTnzQWDWfU

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here