नेपालभर १ सय २६ जनामा कोरोना पुष्टि

59

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १ सय २६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ३३ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही समयमा ३८५ जना निको भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ९ लाख ५८ हजार १ सय ९३ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण १ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९ सय ४५ पुगेको छ । देशभर ७ हजार २४२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here