देशमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण

118

काठमाडाैं ।  शहीद गंगालाल हृद्धय रोग केन्द्रमा नेपालमै पहिलो पटक शल्यक्रिया बिनानै मुटुको भल्ब प्रत्यारोपण गरिएको छ ।
शुक्रबार अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले केन्द्रले शल्यक्रिया नगरीकनै मुटुको भल्ब प्रत्यारोपण गरेको जानकारी गराउनु भयाे ।

उहाँका अनुसार उक्त प्रत्यारोपण ‘ट्रान्सक्याथर इरोटिक भल्ब इम्प्लामेन्टेसन (टिएभीआई)’ विधिको प्रयोग गरेर गरीएको हो । ८० वर्षीया महिलाको १६ फागुनमा सफलतापूर्वक भल्ब फेरिएको र उहाँको आजनै डिस्चार्ज गरेको डा अधिकारीले जानकारी गराउनुभयाे ।

‘हामीले नेपालमै पहिलो पटक यो विधिबाट मुटुको सफलतापूर्वक भल्ब प्रत्यारोपण गरेका छौं,’ डा. अधिकारीले भन्नुभयो, ‘उहाँ (बिरामी) निको भएर डिस्चार्ज हुनु भएको छ ।’ डा अधिकारीका अनुसार उहाँ एओर्टिक भल्व साँधुरिएर अस्पतालमा पुग्नुभएको थियो ।

एओर्टिक भल्व साँघुरी कस्तो रोग हो ?
डा अधिकारीका अनुसार मुटुबाट निस्कने मुख्य धमनिमा रहेको एओर्टिक भल्व साँघुरिने रोगलाई एओर्टिक स्टेनोसिस भनिन्छ । यो रोगले गर्दा खासगरी स्वाँस्वाँ हुने छाति दुख्ने र बेहोस हुनेजस्ता गम्भिर लक्षणहरु देखिने डा अधिकारी बताउनुहुन्छ ।
यस्ता लक्षणहरु देखिएका बिरामीहरुको दुई वर्षभित्र मुत्यु हुने सम्भावना ५० प्रतिशतले हुने विभिन्न अध्यानहरुले देखाएका छ। विशेषगरी वृद्धवृद्धामा यस रोगका साथसाथै अन्य प्रकारका जटिल रोगहरु र शारीरिक दुर्वलतासमेत हुने भएकोले छाती चिरेर शल्यक्रिया गर्दा बढि जोखिम हुने गर्दछ ।
यस्ता बिरामीहरुको जोखिम न्युकरण गर्नको निमित टिएभीको विकास भएको हो । यो रोगको प्रचलित उपचार भनेको शल्यक्रियामार्फत छाती तथा मुटु चिरेर भाल्व प्रात्यारोपण गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here