सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुग्याे

73

काठमाडौं  ।  सुनको भाउ बुधबार प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँ पुगेको छ।

यो हालसम्मकै उच्च मूल्य हो। यसअघि २०७७ साउन २३ गते छापावाल सुनको मूल्य १ लाख ३ हजार ५०० रुपैयाँ कायम भएको थियो। आज अघिल्लो दिनको तुलनामा २ हजार ५ सय रुपैयाँको हो।

यसअघि मंगलबार स्थिर रहेको सुनको मूल्य सामेबार ११ सयले बढेर लाख १ हजार २ सय ५ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ५ रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ। रुस र युक्रेनबीच चलिरहेको युद्धको असर विश्वबजारमा परेका कारण सुनको मूल्य निरन्तर उकालो लागिरहेको हो।

आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here