नेप्से परिसूचक साढे १९ अंकभन्दा बढीले घटे

73

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक बुधबार साढे १९ अंकभन्दा बढीले घटेको छ। साताको पहिलो दिन उच्च अंकले बढेको नेप्से मंगलबारदेखि निरन्तर घटिरहेको छ। बुधाबार नेप्से परिसूचक १९.६५ अंकले घटेर २ हजार ६३१.३२ बिन्दुमा पुगेकोे छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स पनि ५.२२ अंक घटेको छ।

बुधबार २३१ कम्पनीको ४९ लाख  ६७ हजार ४७१ कित्ता सेयर कारोबार भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम समेत घटेको छ। आज २ अर्ब ५७ करोड ४ लाख १ हजार १८८ रुपैयाँ बराबरको सेर किनबेच भएको छ। मंगलबार ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ रुपैयाँ बराबरको कारोबार भएको थियो।    नेप्सेका १३ उपसमूहमध्ये आज ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। आज होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी २.०९ प्रतिशत बढेको छ। आज अन्य उपसमूहको परिसूचक सबैभन्दा धेरै  २.४७ प्रतिशत घटेको छ । त्यस्तै  व्यापार, विकास बैंक र जलविद्युत उपसमूहको परिसूचक पनि १ प्रतिशतले घटेको छ।

बुधबार नेप्से परिसूचक घटे पनि इमर्जिङ नेपालको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, मैलुङखोला जलविद्युत कम्पनी, सोल्टी होटल र राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर मूल्य बढेको छ।   युनाइटेड इदी मार्दीको सेयरमूल्य ५ प्रतिशतले गिरावट आएको छ। कारोबार रकमका आधारमा १६ करोडभन्दा बढीको सेयर कारोबार गरेर नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here