शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दै

267

काठमाडौं । सत्ता साझेदार दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो संयन्त्रका संयोजक समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेपछि आज संयन्त्रको बैठक बस्न लागेको हो।
ओलीसँगको भेटपछि पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले आज संयन्त्रको बैठक बस्ने र राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने बताएका थिए। प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने अहिलेसम्म बैठकको समय तय भइनसकेको जानकारी दिए।

राष्ट्रपतिको उम्मेदवारबारे प्रचण्ड र ओलीबीच समान धारणा बनिसकेको छैन । प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन्। ओलीले पुस १० मा भएको सहमति अनुसार एमालेका उम्मेदवारलाई साझा उम्मेदवारका रुपमा अघि सार्नुपर्ने अडान लिँदै आएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि पहिलोपटक संयन्त्रको बैठक बस्न लागेको हो। बैठकमा राष्ट्रपतिको उम्मेदवारसँगै सुदूरपश्चिम प्रदेश सरकारमा देखिएको विश्वासको मत लिन देखिएको संकट र सरकारका कामकारबाहीबारे छलफल गर्ने तयारी छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here