थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

54

काठमाडौं । नेपालमा थप ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

गत २४ घण्टामा एन्टिजेन र पीसीआर प्रविधिबाट देशभर ५ हजार ९१४ नमूनाको परीक्षण हुँदा शुक्रबार ५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टामा २ हजार ५९२ जनाको पीसीआर र ३ हजार ३२२ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।     पीसीआर परीक्षणबाट १२ जनामा र एन्टिजेन परीक्षणबाट ३९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।

गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५० जनाको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरि २९२ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन्। देशभर हाल ३ हजार ९९६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here