फेनिजबाट अन्जन राना मगरको परिवारलाई सहयोग

129

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) जिल्ला शाखा सिन्धुलीका कार्यसमिति सदस्य अन्जन राना मगरको परिवारलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फेनिज) बागमती प्रदेश समिती र जिल्ला शाखा सिन्धुलीले सहयोग गरेको छ ।

फोनिज बागमती प्रदेशकोे अगुवाईमा संकलन भएको ७७ हजार १ सय २६ रुपैंया सहयोग रकम बागमती प्रदेश समितिका अध्यक्ष युवराज श्रेष्ठले अन्जन रानाको घरमै पुगेर उनका परिवारलाई हस्तान्तरण गरेका हुन् । सामाजिक संजाल फेसबुक म्यासेन्जर मार्फत सहयोज अभियान चलाएर फेनिज जिल्ला शाखाहरु र फोनिजकर्मी पत्रकारहरुबाट संकलन भएको एकमुष्ट ७७ हजार १ सय २६ रुपैँया परिवारलाई हस्तान्तरण गरिएको फोनिज बागमती प्रदेशका कोषाध्यक्ष शंकर श्रेष्ठले जानकारी दिए ।

त्यस्तै सिन्धुली शाखाले ३ लाखको अन्जन राना स्मृति अक्षयकोष स्थापना गर्ने भएको छ । उक्त कोषबाट अन्जनका छोरी आर्याको पठन पाठनमा थप सहयोग पुग्ने फोनिजले विश्वास लिएको छ । रानाको छोरी आर्या रानाको पठनपाठनमा समस्या नहोस भनेर फोनीज सिन्धुलीले स्थानिय आधुनिक बोडिङ्ग स्कुलमा एसईईसम्म निःशुल्क रुपमा पढाइदिने व्यवस्थापन समेत गरेको छ ।

अन्जनको समचार संकलन गर्ने क्रममा फागुन २३ गते मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको थियो । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–४ तिनकन्या पुगेर फोनिज बागमती प्रदेश र सिन्धुली शाखाले अन्जनले पत्रकारीता क्षेत्रमा पुर्याएको योगदान कहिल्यै बिर्सन नसक्ने भन्दै दुःख ब्यक्त समेत गरेका छन् । २७ बर्षिय अन्जन रेडियो सिद्धबाबा सिन्धुली १० वर्षअघिदेखि पत्रकारितामा सक्रिय थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here