विप्लव नेकपामा चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य

125

काठमाडौं । नेकपा (विप्लव)भित्र चुनाव बहिस्कारको पक्षमा अधिकांश केन्द्रीय सदस्य देखिएका छन् ।  जारी केन्द्रीय समिति बैठकमा महासचिव नेत्रविक्रम चन्द विप्लवको राजनीतिक प्रस्तावमाथि धारणा राख्ने क्रम जारी छ। शुक्रबारदेखि कपिलवस्तुमा सुरु भएको बैठकमा हालसम्म ३४ जनाले धारणा राखेका छन्। सोमबारसम्म धारणा राखेका ३४ जनामध्ये २० जना महासचिव विप्लवको प्रस्तावको विपक्षमा र १४ जना प्रस्तावको पक्षमा बोलेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।

विप्लवले निर्वाचनमा सहभागी हुनुपर्ने राजनीतिक प्रस्ताव बैठकमा पेस गरेपछि प्रस्तावको विपक्षमा अधिकांश केन्द्रीय सदस्य देखिएका छन् । सचिवालयका नेताहरु हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोला प्रस्तावको विपक्षमा उभिएका छन् भने खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढा निर्वाचनमा सहभागी हुनुपर्ने पक्षमा छन्।

निर्वाचनमा सहभागी हुनुपर्ने विप्लवको प्रस्तावको पक्षमा केन्द्रीय सदस्यहरु अनील शर्मा, उमा भुजेल, भरत बम, चिरन पुन, असल क्षेत्री, माइला लामा, ओमप्रकाश पुन, सन्तोष बुढा, खड्गबहादुर विश्वकर्मालगायतका नेताहरूले धारणा राखेका छन् भने दीपक चलाउने, चूड़ामणि ओली, कृष्ण वाग्ले, वसन्त श्रेष्ठ, मोहनलाल चन्द, दीपेश राई, भेषराज भुसाल, बाला थापा, धर्मेन्द्र बाँस्तोला, हेमन्तप्रकाश वली सुदर्शन, सन्देश पौडेललगायतका नेताहरूले निर्वाचन बहिस्कार गर्नुपर्ने मत जाहेर गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here