आज विश्व क्षयरोग दिवस

224

पेरिस । विश्वकै सबैभन्दा घातक संक्रामक रोगका रूपमा कोभिड–१९ ले क्षयरोग (टीबी) लाई उछिनेको हुनसक्छ। तर, विश्वव्यापी रूपमा क्षयरोगको भयानक महामारी ल्याउन खोप र एन्टिबायोटिकको अवहेलना कारण भएको बताइएको छ।

आनुवंशिक अध्ययनअनुसार लगभग ४० हजार वर्षअघि पहिलो पटक क्षयरोग देखापरेको थियो। ढुङ्गे युगको अन्त्य ‘निओलिथिक युग’ देखि लामो समयसम्म पशुपालनबाट यो रोग सर्ने गरेको वैज्ञानिकहरुले विश्वास गरेका थिए।

तर हालैका अध्ययनहरूले भने अर्कै चित्र प्रस्तुत गरेको छ। यसले देखाएअनुसार मानिसहरूले गाईवस्तु पाल्ने अभ्यास पहिले नै क्षयरोग भइसकेको थियो। करिब एघार हजार वर्ष पुरानो मानव अवशेषमा यस रोगका निशानहरू पत्ता लागेका छन्।

पहिलो खोप १०० वर्ष पहिले आविस्कार

विश्व क्षयरोग दिवस हरेक वर्ष मार्च २४ मा मनाइन्छ। जर्मनीका नोबेल पुरस्कार विजेता रोबर्ट कोचले सन् १८८२ मा बेसिलस पत्ता लगाएको घोषणा गरेका थिए। तथापि सन् १९२१ मा मात्र फ्रान्सको प्रख्यात पाश्चर इन्स्टिच्युटले बेसिलस कालेट–गेरिन (बीसीजी) खोप विकास ग¥यो र यो विश्वकै सबैभन्दा पुरानो र भरोसायोग्य खोपहरूमध्ये एक भयो।

एक शताब्दीपछि पनि यो खोप प्रयोगमा छ र यो विशेष गरी बालबालिकामा क्षयरोग रोक्न प्रभावकारी हुन्छ। तर वयस्कहरूमा यसको परिणाम परिवर्तनशील हुन्छ।

एन्टिबायोटिक धेरै प्रभावकारी नहुने

सन् १९४० र १९५० मा ‘स्ट्रेप्टोमाइसिन’ र अन्य ‘एन्टिबायोटिक’को आविष्कारले गर्दा ‘पल्मोनरी टीबी’को उपचार सम्भव भयो। यो वयस्क तथा किशोरावस्थामा सबैभन्दा सामान्य प्रकारको रोग हो।

तर औषधि प्रतिरोधी क्षयरोग देखापर्न थाल्यो र डाक्टरहरूले ब्याक्टेरियालाई प्रभावकारी ढङ्गमा जम्न र केही महिनासम्म आफ्नो उपचार लागू गर्न मिसाइएको एन्टिबायोटिक प्रयोग गर्न बाध्य भए।

कुनै–कुनै कीटाणुहरू थुप्रै टीबी औषधिहरूप्रति प्रतिरोधी हुन्छन्, जसले गर्दा धेरै महिनासम्म वैकल्पिक उपचारको प्रयोग गर्न बाध्य हुनुका साथै कुनै–कुनै अवस्थामा उपचारात्मक असफलताहरू हुन सक्छन्।

दोस्रो धेरै मृत्युको कारण

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) का अनुसार तथ्याङ्क उपलब्ध भएको पछिल्लो वर्ष सन् २०२० मा कोभिड–१९ पछि क्षयरोग विश्वकै दोस्रो घातक सङ्क्रामक रोग हो। आधिकारिक तथ्याङ्कमा आधारित एएफपी गणनाअनुसार कोभिडले सन् २०२० सम्ममा १८ लाखभन्दा बढी मानिसको ज्यान लिएको थियो। यद्यपि विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले यो सङ्ख्या १५ लाख देखाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here