रोहितले पारस खड्काको नाममा रहेको कीर्तिमान तोडे

72

काठमाडौं  ।   नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा ब्याट्सम्यान रोहित कुमार पौड्यालले पारस खड्काको नाममा रहेको कीर्तिमान शुक्रबार तोडेका छन् ।

पारसको नाममा एकदिवसीय अन्तर्राष्ट्रिय सर्वाधिक ११५ रन बनाउने खेलाडीको कीर्तिमान भंग गरेका हुन् । पीएनजीविरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध उनी १२० रन बनाउँदै क्रिजमा छन् ।

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको २९३ रनको लक्ष्य पछ्याएको नेपालका लागि रोहितले ११९ रन बनाइ सकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here