तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेला

77
काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।  गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला पक्षधरको बैठकले सो निर्णय लिएको हो ।

‘सभापतिज्यूले एकलौटी रूपमा नेविसंघ र तरुण दलको सभापति मनोनीत गरेको विषयप्रति हाम्रो गम्भीर आपत्ति छ,’ नेविसंघका पूर्वसभापति रञ्जित कर्णले न्युजकारखानासँग भने, ‘त्यसको प्रतिवाद गर्नका लागि १४ चैतमा काठमाडौंमा अलग भेला राखेका छौं ।’

उनका अनुसार सो भेलामा नेविसंघका पूर्व अध्यक्षदेखि देशैभरिका प्रतिनिधिहरू उपस्थित हुनेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here