सुनचाँदीको मूल्य बढ्यो

77

काठमाडौं । स्थानीय बजारमा शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ।  अघिल्लो कारोबार दिन सुन प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कायम भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो।    आज अन्तरराष्ट्रिय बजारमा समेत सुनको मूल्य बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here