विप्लव प्रधानमन्त्री भेट्न बालुवाटारमा पुगे

156

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) प्रधानमन्त्री शेरबहादुर देउवा भेट्न बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवा निकट स्रोतका अनुसार नेकपा महासचिव विप्लव बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन्।

भूमिगत गतिविधिमा रहेको बेला नेकपाका कार्यकर्तामाथि लागेको मुद्दा फिर्ता लिने चर्चा भइरहेको बेला विप्लव प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका हुन्।

त्यसो त विप्लव नेतृत्वको नेकपामा स्थानीय तहको निर्वाचनमा सहभागी हुने/नहुने विषयले विवाद छ। महासचिव विप्लवसहितका केही नेताहरु निर्वाचनलाई उपयोग गर्नुपर्ने पक्षमा छन्।

विप्लवकै इच्छाअनुसार पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले केही दिन अगाडि नै निर्वाचन आयोग पुगेर स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीको सहभागिताको सम्भावनाबारे बुझेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here