विप्लव नेकपामा समानान्तर संगठन बनाउनेहरूमाथि अनुशासनकाे कार्बाही

122

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कास्कीले जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाको पार्टीको साधारण सदस्य समेत खारेज गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु )एक बिज्ञप्ति जारी गर्दै पार्टीले उनीहरुको साधारण सदस्य समेत खारेज गरेको जनाएको छन । नेता शिलुद्वारा जारी बिज्ञप्तिमा गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलाले
पार्टीको हालै सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले लिएका दुरगामी निर्णय तथा नीतिको विरुद्धमा पार्टी र पार्टी नेतृत्वको विरुद्ध भ्रम फैलाउदै समानान्तर गतिविधि गर्न प्रयास गर्ने, अन्तरध्वंशको षडयन्त्र गर्ने, पार्टी नीतिलाई सहि ढङ्गबाट लागु नगर्ने, गुटबन्दी गर्ने कार्य गरेकोले उनीहरुको पार्टी सदस्यता खारेज गरिएको बताइएको छ ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उमा भुजेल (शिलु )ले जारी गरेको बिज्ञप्ति यस प्रकार रहेको छ – “पार्टीको हालै सम्पन्न आठौँ केन्द्रीय समितिको १२ औं पूर्ण बैठकले लिएका दुरगामी निर्णय तथा नीतिको विरुद्धमा पार्टी र पार्टी नेतृत्वको विरुद्ध भ्रम फैलाउदै समानान्तर गतिविधि गर्न प्रयास गर्ने, अन्तरध्वंशको षडयन्त्र गर्ने, पार्टी नीतिलाई सहि ढङ्गबाट लागु नगर्ने, गुटबन्दी गर्ने, सामाजिक सञ्जालको दुरूपयोग गरी क्रान्तिविरोधी शक्तिलाई मलजल गर्ने जस्ता पार्टी विरोधी गतिविधिहरू कास्की जिल्ला विशेष कमिटि सदस्य गोकुल पराजुलीको नेतृत्वमा मिति २०७९ वैशाख ०३ मा बसेको भनिएको बैठकबाट पुष्टि हुन आएको छ । यस्ता गतिविधिले पार्टी अनुशासनको गम्भिर प्रकारले उल्लङ्घन हुन पुगेको छ । जुन गतिविधिले पार्टीको आठौं महाधिवेशनबाट पारित विधानको पार्टी सदस्यले गल्ती गर्दा गरिने कारबाही सम्बन्धी धारा १४ को उपधारा (घ) को १ आकर्षित गर्दछ । तसर्थ अन्तरध्वंशको षडयन्त्र गर्दै पार्टी अनुशासनको विरुद्धमा हिँड्ने गोकुल पराजुलीलगायत बद्री अधिकारी र रमेश बास्तोलालाई उल्लेखित धारा बमोजिम पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको यही प्रेस विज्ञप्ति मार्फत जानाकारी गराउँदछौं । पार्टीको आधिकारिक प्रतिवेदन र सर्कुलर भन्दा बाहिर कुनै पनि भ्रममा नपर्न सम्पूर्ण पार्टी पङ्गती र जनसमुदायमा अपिल गर्दछौं ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here