रसियन गुरु पत्रीदास स्वामीद्वारा विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ

292

काठमाडौं  । रसिया, युरोप र दक्षिण भारतका स्वामीले विश्व शान्तिका लागि मुक्तीनाथमा महायज्ञ गरेका छन्। हाल रसिया र युक्रेनमा भइरहेको युद्धका पीडितहरुको लागि प्रार्थना र विश्व शान्तिको कामना गर्दै मुक्तीनाथमा महायज्ञ गरीएको छ।

रसियन गुरु पत्रीदास स्वामीका अनुसार नेपाल एक देवभूमि भएकाले यो भूमिमा आएर यज्ञ गर्न पाउनु सौभाग्य रहेको जनाएका छन् । आआफ्नो अहंकार त्यागेमा रुस र युक्रेन पनिसंगै बस्न सक्ने  जनाए । युरोपीयन स्वामी भक्ति विज्ञान स्वामी महाराजले नेपाल एक शान्तिको टुक्रा भएकाले विश्वभर शान्तिको सन्देश फैलाउन मुक्तीनाथमा यज्ञ गरेको खुल्लासा गरे ।

दक्षिण भारतीय स्वामी सुरेश आचार्यले नेपाल र भारतविच धार्मीक सहीष्णुता, सामाजिक सद्भाव र आध्यात्मीक उन्नतीको सम्वन्ध रहेकोले यो सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here