अभिनेता भुवन केसी नेपाली कांग्रेसमा

453

काठमाडौं । अभिनेता भुवन केसी नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार बिहान केसीले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका हुन्।

केसीसँगै अन्य दुई कलाकार रविन्द्र खड्का र स्वेता खड्का पनि कांग्रेस प्रवेश गरेका छन्। २०७० सालको चुनाव ताका एमाले प्रवेश गर्दै राजनीतिक वृत्तमा प्रवेश गरेका केसी पछिल्लो समय कुनै पार्टीमा थिएनन्। केही अघि राप्रपामा प्रवेश गर्ने हल्ला चलेपनि उनी उक्त पार्टीमा गएनन्।

केही साताअघि स्थानीय तहको निर्वाचनमा उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने पनि घोषणा भएको थियो। तर, केसीले भने त्यो घोषणा निराधार रहेको र आफू कुनै पार्टीमा नरहेको बताएका थिए।

मेयर पदमा उठ्ने कुरा निराधार रहेको बताएका केसीले त्यत्तिबेला आफू कुनै पार्टीमा आवद्ध हुने सोच नरहेको बताएका थिए। तर, केही सातामै उनी कांग्रेसमा प्रवेश गरेका छन्। कांग्रेस कलालाई महत्व दिएको र कलाकारहरुको भावना बुझ्ने भएकाले आफू उक्त पार्टीमा लागेको केसीले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here