गृहमन्त्री बालकृष्ण खाँणद्वारा रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण

92

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले गृहजिल्ला रुपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

उनले त्यसक्रममा अन्तर्राष्ट्रिय उडान तयारीबारे विमानस्थलका अधिकारीहरुसँग जानकारी लिएका छन्।
बुधबार बिहान विमानस्थलको निरीक्षण गरी उनले अन्तर्राष्ट्रिय उडानबारे जानकारी लिएको विमानस्थल अध्यागमन कार्यालयका निमित्त प्रमुख अनुप केसीले जानकारी दिए।

विमानस्थलमा जेठ २ गते बुद्ध जयन्तीको अवसर पारेर पहिलो अन्तर्राष्ट्रिय फ्लाइट गर्ने तयारी भइरहेको छ।

अध्यागमन कार्यालयका प्रमुख केसीका अनुसार जजिरा एयरलाइन्सले आफूले पहिलो फ्लाइट गर्न सहमति जनाइसकेको छ।

मन्त्री खाणले विमानस्थलमा अध्यागमनको तयारी, एराइभल र डिपार्चरको तयारी बारे जिज्ञासा राखेका थिए।

निरीक्षणका क्रममा अध्यागमन कार्यालयका कर्मचारीलाई उनले ‘अन्तर्राष्ट्रिय फ्लाइट आयो भने, काम गर्न सक्ने अवस्था भइसक्यो?’ भनेर प्रश्न गरेका थिए।

जवाफमा कर्मचारीहरूले आफूहरू पूर्ण तयारी अवस्थामा रहेको बताएका थिए। गृहमन्त्री खाँण बुधबार नै काठमाडौँ फर्किएर दिउँसो प्रदेश १ स्तरीय सुरक्षा समिति बैठकमा भाग लिन विराटनगर जाने कार्यक्रम रहेको सचिवालयले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here