जीतपुरसिमरामा एमाले फेस गर्नसक्ने स्थितिमा छैन

61

राजन पौडेल, जीतपुरसिमरा उपमहानगर मेयरका उम्मेदवार
जीतपुरसिमरा उपमहानगरमा माओवादी अघिल्लो निर्वाचनमा तेस्रो शक्ति हो । गठबन्धन नै भएपछि चुनाव जित्न कति चुनौतीपूर्ण देख्नुभएको छ ?
मैले धेरै चुनौतीपूर्ण रुपमा लिएको छैन। माओवादी विगतको भन्दा अहिले पार्टी र संगठन धेरै नै मजबुत भइसकेको छ। त्यसमा काँग्रेससहित एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा लगायत दलहरुले समर्थन गरेका छन्। यसअघिको निर्वाचनलाई हेर्दा गठबन्धनको पल्ला भारी नै छ, कम छैन। एमाले अहिले पहिलेको अवस्थामा छैन। पार्टी विभाजन भएर छिन्नभिन्न अवस्थामा छ। एमालेबाट विभाजन भई बनेको एकीकृत समाजवादीले मलाई समर्थन गरेको छ।
खास भन्नुपर्दा मैले चुनावलाई चुनौतीको रुपै लिएको छैन। सहज र भारी मत अन्तरले विजयी हुने स्थिति देखेको छु। यसअघि विर्नाचनमा माओवादीबाट प्रतिष्प्रधा गरेको हुनाले माया गर्नु हुने धेरै मतदाता हुनुहुन्छ। चुनावमा पराजित भएपनि जनताकै विचमा भई कामगरी राखेको छु। जनताको सुख दुखकमा खटेर काम गरेकाले नगरवासीले भावी मेयरको रुपमा स्वीकारगरी सक्नु भएको छ। यि सबै परिस्थितिलाई हेर्दा सहज र भारी मत अन्तरले विजयी हुने स्थिति बन्दै गएको छ।
यसअघि निर्वाचनमा एमाले फराकिलो मतान्तरले जितेको थियो। अहिले गठबन्धनबाट उम्मेदवारी दिएपछि बलियो छु भन्ने लागेको छ?
सोचेको भन्दा बढी फरक मत अन्तरले हामी विजयी हुन्छु। यहाँको माहोल हेरेको छु। एमालेले सञ्चालन गरेको उपमहानगर हेरेको छु। एमाले नेतृत्वले सञ्चालन गरेपछि उपमहानगरको अवस्था कस्तो भयो त्यो मैले हेरेको छु । यहाँका उपमहानगरवासीले हेरेका छन्। एमालेले जितेपछि उपमहानगर कस्तो भयो भन्ने कुरा नगरबासी घामजत्तिकै छर्लङ्ग भएका छन्। उनीहरुले गरेका नराम्रा कार्यहरु जनताको मन–मनमा बसेको छ। त्यसो भएको हुनाले उहाँहरु यो चुनावलाई फेस गर्ने स्थितिमा हुनुहुन्न।
मधेसको क्षेत्रबाट तपाई उठ्नुभएको छ, त्यो फ्याक्टरले असर गर्छ कि गर्दैन?
यो फ्याक्टरले असर गर्दैन । जाति क्षेत्र भन्नेजस्ता मनोविज्ञान यहाँ छैन। विगतका चुनावहरुलाई पनि केलाउँदा त्यो भएको छैन। अहिले पनि त्यो खालको मनोविज्ञान देखिदैन। यहाँ मिक्स खालको बसोबास छ। खस आर्यहरु यस्तै १९÷२० प्रतिशत छन्। तामाङ, मुस्लिम, थारु १४÷१५ प्रतिशत मधेसी १७÷१८ प्रतिशत बसोबास छन्। त्यसकारणले जाति र क्षेत्र वा अन्य कुनै खालको एजेण्डा बन्दैन। जनताको काम गर्नेलाई मन पराउने स्थिति छ। जनताले काम गर भोट लैजाउँ भनिरहेका छन्। यहाँ गफ गर्ने होइन काम गर्ने जनप्रतिधि चाहिएको छ ।
यस उपमहानगरको प्रमुख समस्याहरु के के हुन् ? दुरगामी प्रभाव पार्न कस्ता खालका एजेण्डा अघि सार्नु भएको छ?
यो उपमहानगर जसले नेतृत्व गर्नुभयो। यसलाई असफल उपमहानगरको रुपमा दर्ज गराउनु भयो। सुशासन नाम मात्रको भयो। सबै कामहरु कागजमा सीमित भए। उपमहानगरको बेरुजीको हालत उस्तै छ। भ्रष्टाचारले यो उपमहानगर गनाउने बनाएको छ। हामीहरुले यो उपमहानगरलाई एउटा मानवीय विकासका दृष्टिकोणले समृद्ध बनाउने सोचेका छौं। आधारभूत विकासहरुजस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र सुकुम्बासी समस्या समाधान गर्ने योजना बनाएका छौं। आम जनताले शिक्षा स्वास्थ्य जस्ता आधारभूत सेवा सस्तो र सर्वसुलभ रुपमा पाउनु पर्छ भन्ने कुरालाई ज्ञारेन्टी गर्न खोजेका छौं। कृषि क्षेत्रमा किसानको गोठदेखि खेतसम्म पुग्ने कार्यक्रमहरु बनाउँछौं। मेयर उपमेयर वडा अध्यक्ष बजेट भन्ने खालका छन्, त्यसलाई अन्त्य गरेर आधारभूत जनताको सेवालाई प्राथमिकता दिने कार्यक्रम बनाउने छौं। ती सबै बजेटलाई अध्ययन गरेर सबैलाई समेट्ने गरी उपमहानगरको बजेट बनाउने छौं।
यसअघि नगर सभालाई पूर्ण रुपमा पङ्गु बनायो। नगर सभालाई जनताको जनप्रतिनिधिमूलक संस्था भएको हुनाले व्यवस्थित बनाउने छौं। उपमहानगरमा सबै नीतिगत कार्यक्रमहरु बनाएर बजेट विनियोजन गर्ने छौं। औपचारिक र व्यवहारिक कार्यक्रहरु बनाएर लागु गर्ने छौं। उपमहानगरमा भएका थुप्रै खालका विकृति र विसंगति पूर्ण रुपमा निमिट्यान्न बनाउने छौं। जनताले भोट खेर गएन भन्ने गरी काम गर्ने छौं।
तपाई घरदैलो गर्दै मतदाताको घरमा जानुभएको छ। त्यहाँका मतदाताले मुख्य रुपमा कुन कुन क्षेत्रमा काम गर्नुपर्छ भनेर सुझाव दिएका छन्?
अघिल्लो पटक निर्वाचित भएका जनप्रतिनिधिहरुले जनताका खासै कामहरु गरेनन्। त्यसैले उनीहरु आक्रोशित भएका छन्। जस्तै, धेरै ठाउँहरुमा खानेपानी, विद्युतीय जडान, ऐलानी जग्गा र अव्यवस्थित बसोबासको व्यवस्थित गर्नुपर्ने छ। कतिपय ठाउँमा न्यूनतम स्वास्थ्य सेवा र सामुदायिक विद्यालयमा राम्रो पढाइ नभएका गुनासाहरु छन्। यस उपहानगरका कतिपय वडाहरु डुबान हुने र कटान हुने समस्या छन्। अरु जनताले स–साना उपहानगरका समस्याहरु पूरा गर्नुप¥यो भनेर सुझाव दिएका छन्।
यदि तपाई निर्वाचित हुनुभयो भने पहिलो काम के गर्ने सोच्नुभएको छ?
मैले पहिलो दोस्रो भनेर परम्परागत रुपमा काम गर्ने सोचेको छैन। पहिलो काम के गर्ने भनेर मन्त्रालयदेखि स्थानीय तहमा देखिन्छ। मैले पहिलो काम यो गर्छु, त्यो गर्छु भनेर सोचेको छैन। औपचारिकताको रुपमा गर्ने योजना बनाएको छैन। यदि हामी नगरपालिकामा निर्वाचित भएर आएपछि सबै पक्षसँग छलफल गरेर योजनावद्ध विकास गर्ने छु। आगामी ५ वर्षमा व्यवस्थित र योजनावद्ध रुपमा उपमहानगरको काम गर्ने योजना बनाएको छु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here