चुनाब प्रचार प्रचार सम्र्पक कार्यालय पाँच दलिय गठबन्धन जनतालाई सेवा दिन भन्दा आफ्न्तलाई पद बाँडन ब्यस्त छ ः अध्यक्ष ढकाल

213

बारा ।  नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्री एकनाथ ढकाल र एमाले केन्द्रीय सदस्य बलबीर चौधरीले सयुक्त रुपमा बाराको देवताल गाबिसको चुनाबी अभियानमा घरदैलोमा पुगेका छन् । एमालेसँग पाँच बुर्दे सहमति गरी स्थानीय तहको निर्बाचनमा होमिएका दुबै दलको केन्द्रीय स्तरको नेताहरु सहभागि भएको यो पहिलो चुनाबी घरदैलो हो । घरदैलो अभियान कै क्रममा अध्यक्ष ढकालले परिवार दल र एमालेको सयुक्त चुनाब प्रचार प्रचार सम्र्पक कार्यालयको देवताल गा.पा पिप्राढीमा उद्घाटन समेत गरे ।   बारा जिल्लामा देवताल गाउपालिकाको उपाध्यक्ष सहित जिल्लाका बिभिन्न स्थानीय निकायमा गरी परिवार दलले १७ स्थानमा आफ्नो उम्मेदबार उठाएको छ ।  देवताल गा.पाको सम्पूर्ण बडाहरुमा भएको चुनाबी ¥यालीमा परिवार दल र एमालेका सयौ कार्यक्रताको उपस्थती रहेको थियो । चुनाबी सभालाई सम्बोधन गदै परिवार दलका अध्यक्ष एकनाथ ढकालले नयाँ सोच जोस भएका उम्मेदवार लाई जिताएर एक पटक अवसर दिनुपर्ने बताउँदै परिवार दल सरकारमा रहदाँ सकारात्मक काम गरेको उल्लेख गरे । अध्यक्ष ढकालले  सिहदरबारको अधिकार गाँउ गाँउमा पु¥याउने अवसर स्थानीय तहको निर्बाचन भएकोले स्थानीय तहको निर्बाचमा परिवार दल र एमालेका उम्मेदबारलाई मतदान गर्न आग्रह गरे ।   अध्यक्ष ढकाले एमालेसँग बिगतमा पनि सहमति गरेर चुनाबी मोर्चामा गएको भन्दै स्थानीय तहमा एमालेको पक्षमा जनलहर आएको बताउँदै ओली सरकारको लोकप्रीयताले डराएका अहिलेका गठबन्धनले कानुनी छिद्रता खोजेर ओली सरकारलाई बिस्तापीत गरेपनि निर्बाचन मार्फत ओली नेतृत्वको दुईतिहाईको सरकार बन्ने बताए । अध्यक्ष ढकालले एमालेसँग स्थानीय तहको निर्वाचनमा परिवार दलले आफ्नो पार्टीका उम्मेदवार नभएका ठाउँमा नेकपा एमालेका उम्मेद्वारहरुलाई सघाउने गरी आपसी सहकार्य भएको बताएका छन् । सभामा सम्बोधन गदै एमालेका केन्द्रीय सदस्य बलबीर चौधरीले निर्बाचमा एमालेको पक्षमा जनलहर आएको उल्लेख गदै स्थानीय तहको बिकास एमालेको नेतृत्वले मात्रै गर्न सक्ने ठोकुवा गरे । नेपाल परिवार दलका महामन्त्री सन्तोष पौडेलले स्थानीय तहको बिकासको पर्याबाची नाम एमाले रहेको भन्दै नेपाली जनताको सम्बृद्धिको सपना बोक्ने दल एमाले भएको बताए । चुनाबी सभामा एमाले नेता अमर यादव, कनक चौधरी परिवार दलका जिल्ला अध्यक्ष रामचन्द्र चौधरी प्रवत्ता उपेन्द्र पासवान लगायतले बोलेका थिए । बाराको देवताल गाउँपालिकाको प्रमुखमा एमालेको तर्फबाट बिजय कुमार पाण्डे, उपाध्यक्षमा परिवार दलको तर्फबाट रुना देबी त्यसैगरी वडा अध्यक्षमा चन्द्रिका ठाकुर ,शेषनारायण प्रसाद शाह,सुनिता देबी, पतसिया देबी, गीतादेबी चमार,मुरातीदेबी शाह,उमरावती देबी, सोनादेबी महतो, रुक्सना खातुन लगायतले उम्मेदबारी दिएका छन् । ७ बडा रहेको देवताल गाउपालिकामा एमाले र परिवार दलको गठबन्घनले जित्ने अपेक्षा गरिएको छ ।   नेकपा एमाले सहमति गरेर बैशाख ३० गते हुने निर्बाचनमा सहकार्य गरेको नेपाल परिवार दलले आफुले उम्मेदबारी दिएको स्थानीय निकायमा दलको चुनाव चिन्ह ‘साँचो’ मा मतदान गर्न र नेकपा एमालेसँग चुनावी सहमती भएका ठाउँहरुमा ‘सूर्य’ चिन्हमा मतदान गर्न मतदातालाई आँवहान गदै आएको छ । देवतालमा भएको चुनाबी घरदैलोमा सयौका संख्यामा स्थानीयबासीको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here