स्थानीय तह निर्वाचन लक्षित मदिरा बिक्रीमा निषेध

72

काठमाडौं । आउँदो स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै काठमाडौं उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले मदिरा बिक्री वितरण तथा सेवनलाई निषेध गरेका छन्। तीन वटै जिल्लामा आज राति १२ बजेदेखि वैशाख ३० गतेसम्म मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको हो।

ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्लाभरि मदिरा बिक्री र खुलारूपमा सेवन नगर्नरनगराउन सार्वजनिक सूचना जारी गरेका छन्। जिल्लाका ६ वटै पालिकाका सुरक्षा निकायले पनि मदिरा बिक्री तथा सेवनलाई कडाइ गर्न सबै पालिकाका मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएको छ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रावेदी शर्माले मदिरा बिक्री गरेको, सेवन गरेको पाइए कारबाही गरिने बताउँदै मतगणना नसकिएसम्म मतगणनास्थल आसपासमा मदिरा बिक्री एवं सेवनमा रोक लगाएको जनाइन्।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले पनि निर्वाचनको समयमा मदिरा सेवन बढ्न सक्ने र यसले शान्ति सुरक्षामा असर पार्न सक्ने भएकाले प्रतिबन्ध लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here