धनगढी उडेको जहाजको आकस्मिक अवतरण

81

काठमाडौं । ८७ यात्रु बोकेर काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएको छ । काठमाडौंबाट धनगढीका लागि उडेको २२३ नम्बरको श्री एयरलाइन्सको जहाजको इन्जिन फेल भएपछि काठमाडौंमा आकस्मित अवतरण गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार उक्त जहाज ८७ जना यात्रुसहित धनगढीका लागि काठमाडौंबाट उडेको थियो । केहिबेरमै इन्जिन फेल भएपछि काठमाडौं फर्काएर सुरक्षित अवतरण गराईएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here