डोल्पाको ठूलीभेरीमा कांग्रेसका स्वर्णबहादुर विजयी

111

सुर्खेत  । डोल्पाको मुटु मानिएको सदरमुकाममा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढाले प्रमुखमा १२८६ भोट ल्याएर  जित हात पारेका छन्।

यहाँका प्रतिद्वन्द्वी नेपका एसका कर्णबहादुर बुढाले ९४५ भोट ल्याएर पराजित भए। उपप्रमुखमा कांग्रेसकै छिरिङ डोल्मा महतले ८४८ भोट ल्याएर विजय भएका छन्।

११ वडा रहेको ठुलिभेरीमा वडा नम्वर १ मा नेपाली कांग्रेसका  तेजेन्द्र रोकया , २ मा नेकपा ( माओवादी केन्द्र) का कमल क्षत्री , वडा नम्वरमा  ३  मा कांग्रेसका भक्त भण्डारी , वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा , वडा नम्वर ५ मा काग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की ,

वडा नम्वर  ७ मा एमालेका  ध्रुब विक्रम शाही , वडा नम्वर ८ मा नेकपा ( एकीकृत समाजबादी) का मनराज ठकुल्ला , वडा नम्वर ९ मा कांग्रेसकै  सुवास कठायत , वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत  र वडा नम्वर ११ मा एकीकृत समाजबादीका भद्र कार्की अध्यक्षमा निर्बाचित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here