नगराइन-२ मा लोसपाबाट मेयर उम्‍मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित

74

जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित भएको छ ।

निर्वाचन अधिकृतको कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै उक्त मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको भन्‍दै लोसपाबाट मेयर उम्‍मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको भन्‍दै लोसपाका मेयर उम्‍मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिनु भएकोले हाललाई अर्को सूचना जारी नभएसम्‍मको लागि मतगणना स्थगित गरिएको व्‍यहोरा जानकारी गराइन्छ ।’

हेर्नुस विज्ञप्ति 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here