स्थानीय तहकाे चुनावको मत परिणाम आएपछि एमाले अत्तालियाे : कांग्रेस

105

काठमाडाैं ।  नेपाली कांग्रेसले पालिका चुनावको मत परिणाम आउन थालेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अत्तालिएको जनाएको छ ।

कांग्रेसले आज साेमवार विज्ञप्ति निकालेर पालिका चुनावबारे नेकपा एमालेले गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भीर ध्यानाकर्षण समेत भएको जनाएको छ । हिजो एमालेले निर्वाचन प्रक्रियालगायतमा प्रश्न उठाउँदै कांग्रेसले धाँधली गरेको  लगाएको थियो ।

चुनावमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको प्रवृत्तिले एमाले अत्तालिएको पाइएको तर कांग्रेसले मत परिणामलाई स्वाभाविक मानिरहेको प्रवक्ता प्रकाशशरण महतले निकालेको विज्ञप्तिमा भनिएको छ ।

चुनावको परिणाम आफ्नो पक्षमा नआएपछि एमालेले चुनावको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर योजनाबद्ध रूपमा धाँधली गरेको भन्नु गैरजिम्मेवारीपन भएको कांग्रेसले जनाएको छ ।

निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ताको समय दुई दिन राख्ने निर्णय निर्वाचन आयोगले गरेको र त्यसमा सरकार वा गठबन्धन दलको कुनै भूमिका नभएको विज्ञप्तिमा दाबीसमेत गरिएको छ ।

अन्तिम अपडेट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here